पेस्तोलसहित एक जना पक्राउ,पत्रकार सम्मेलनमा सार्बजनिक
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बाँके डुडुवा गाउँपालिका १ का दिपक कुमार चौधरीलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको हो । चौधरीलाई जिल्ला प्रहरीको टोलीले आफ्नै पसलमा बसेको अवस्थामा कम्मरमा लुकाइराखेको कटुवा पेस्तोलसहित पक्राउ गरेको जनाएको छ । उनलाई जिल्ला प्रहरीले आज गरेको पत्रकार सम्मेलन मार्फत् सार्बजनिक गरेको हो । बाँके प्रहरीले अन्य मुद्दाका विभिन्न अभियुक्तहरुलाई समेत सार्वजनिक गरेको छ । नेपालगन्ज- ८ का विपिन बस्नेतलाई नेपालगन्ज ४ तन्नु पान पसल अगाडि रोकिराखेको मोहम्मद जसगरको भे १० प ४७८९ नम्वरको मोटरसाइकल चोरेको अभियोगमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको बाँके प्रहरीले बताएको छ । त्यस्तै डुडुवा गाउँपालिका १ खडैंचाका राहुल गुप्ता र रुपैडियाका सकिल खानलाई भारतीय नम्वर प्लेटको मोटरसाइकलमा १ लाख ३० हजार मूल्य बराबरको अवैध सामग्री नेपालगन्ज ल्याउँदै गर्दा बाँके प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । यसैगरी समय-समयमा हराएका ५५ थान मोबाइल फेला पारेर सम्बन्धित ब्यक्तिलाई प्रहरीले हस्तान्तरण गरेको जनाएको छ । यौन दुरुपयोगको मुद्दामा अदालतबाट ६ महिना कैद सजाय पाएर फरार भएका नेपालगन्ज १ बस्ने आकाश सार्कीलाई पक्राउ गरिएको छ । उनलाई २०७५ साल फागुन २९ गते अदालतले दोषी ठहर गरेको थियो । बाँके प्रहरीमा प्रमुख भई एसपी ओम बहादुर राना आएसँगै धमाधम विभिन्न अपराधिक घटनाका अभियुक्तहरु पक्राउ पर्दै आएका छन् ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
जिल्ला प्रहरी कार्यालय बाँकेले जारी गरेको प्रेस बिज्ञप्ती
जिल्ला बाँके डुडुवा गा.पा.वडा नं.१ स्थित दिपक कुमार चौधरी (वर्मा) ले संचालन गरेको पसलमा अवैध हातहतियारको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा मिति २०७७।०९।१९ गते १३:३० बजेको समयमा जि.प्र.का.बाँके बाट खटिएको विशेष प्रहरी टोलीले निज दिपक कुमार चौधरी (वर्मा) ले संचालन गरेको घुम्ती पसल तलासी लिने क्रममा सो पलसमा रहेका निज दिपक कुमार चौधरी (वर्मा) ले कम्मरको दाँया तर्फ बेल्टले च्यापी राखेको कुटवा पेस्तोल थान १ फेला पारी बरामद गरी सो सम्बम्धमा अनुसन्धान भईरहेको ।
पक्राउ ब्यक्तिको विवरण :-
नामथर : दिपक कुमार चौधरी (वर्मा)
उमेर : १९वर्ष
ठेगाना : जिल्ला बाँके डुडुवा गा.पा.वडा नं.१ चौफेरी ।
,,,,,,,,,,,,,,,
बरामद सामान :
कानूनी सजाँय :
मुलुकी फौजदारी कार्यविधी २०७४ को दफा १३० को उपदफा २ बमोजिम ७ वर्ष सम्म कैद र ७०,०००।- सम्म जरिवाना हुने सक्ने ।
प्र.उ.ओम बहादुर रानाज्युको कार्यकालमा बरामद हातहतियार :
भारुवा
कटुवा जम्मा हतियार बरामद पक्राउ मानिस
पुरुष महिला
५ थान आजको सहित ३ थान, गोली १० राउण्ड ५ थान थरुवा बन्दुक, ३ थान कटवा पेस्तोल , १० राउण्ड गोली, ७ १
मोटरसाईकल चोरी गर्ने पक्राउ
२.घटना बिबरण:-
मिति २०७७।०९।१९ गते राती अं.२३:५० बजेको समयमा जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं.४ गणेशपुर स्थित तन्नु पान पसल अगाडी पार्किङ गरि राखेकोजिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं.११ वस्ने जान मोहम्मद जरगरको भे १० प ४७८९ नं.को मोटरसाईकल चोरी भएको भन्ने सुचना प्राप्त हुदा साथ यस कार्यालय बाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाईकको खोजतलास गर्ने क्रममा ऐ.०:३० बजेको समयमा जिल्ला जाजरकोट त्रिवेणी नलगाड न.पा.८ वस्ने विपिन वस्नेत लाई उक्त मोटरसाईकल सहित फेला पारेको हुदा निज उपर अनुसन्धान भईरहेको छ ।
पक्राउ ब्यक्तिको विवरण :-
नामथर : विपिन वस्नेत
उमेर : २० वर्ष
ठेगाना : जिल्ला जाजरकोट त्रिवेणी न.पा.वडा नं.८
कानूनी सजाँय :
मुलुकी फौजदारी कार्यविधी २०७४ को दफा २४२ को उपदफा २ बमोजिम ३ वर्ष सम्म कैद र ३०,०००।- सम्म जरिवाना हुने सक्ने ।
चालु आ.ब.को हाल सम्म हराएका मो.सा.संख्या : २७
वेवारिसे अवस्थामा फेला परी सम्बन्धीत धनी लाई बुझाएको संख्या : ४
चोरी कार्यमा संलग्न सहित पेला पारी कारबाही गरेको संख्या : ३
खोजतालसको क्रममा रहेका संख्या : २०
३. फरार अभियुक्त पक्राउ
अदालत बाट कैद तथा जरिवाना भई फरार रहेका मानिसहरु पक्राउ गर्ने अभियान अन्तरगत आज मिति २०७७।०९।२० गते यस कार्यालय बाट खटिएको प्रहरी टोलीले बाल यौन दुरुपयोग मुद्दामा सम्मानित बाँके जिल्ला अदालतको मिति २०७५।११।२९ गतेको आदेशले ६ महिना कैद सजाय भई फरार रहेका जिल्ला बाँके को.न.पा.वडा नं.१ वस्ने आकाश सार्कि लाई पक्राउ गरेको हुदा निजलाई सम्मानित बाँके जिल्ला अदालतमा बुझाउने तयारी भईरहेको ।
त्यस्तै चोरी मुद्दामा सम्मानित बाँके जिल्ला अदालतको मिति २०७५।०९।१० गतेको आदेशले ११ दिन कैद र १५,०००।- जरिवाना भई फरार रहेका जिल्ला बाँके को.न.पा.वडा नं.११ वस्ने सुरज परियार लाई समेत आजै पक्राउ गरेको हुदा निजलाई समेत सम्मानित बाँके जिल्ला अदालतमा बुझाउने तयारी भईरहेको छ ।
मिति २०७७।०८।१२ गते जिल्ला बाँके ने.ग.उप.न.पा.वडा नं.२ स्थित १२ ग्राम ब्राउनसुगर सहित पक्राउ पर्ने आएका सुनिल बोहराको वयान पोल बाट खुल्न आएकी भारत उत्तरप्रदेश जिल्ला वहराईच वाजपुर वनकट्टी थाना सुजौली स्थायी घर भई हाल जिल्ला बाँके जानकी गा.पा.वडा नं.३ नन्दनी मिल नजिक नास्ता पसल गरि वस्ने वर्ष ३९ को मिना गोडिया भन्ने कैलाशा गोडिया लाई आज मिति २०७७।०९।२० गते यस कार्यालय मातहत ई.प्र.का.खजुराखुर्दा बाँकेको टोलीले फेला पारी पक्राउ गरेको हुदा निज उपर अनुसन्धान भईरहेको छ ।
हाल सम्म जम्मा फरार पक्राउ संख्या : ४७८ जना
अदालत बाट कैद तथा जरिवाना भएका : ३८४
मुद्दा मुलतवीमा रहेका पक्राउ संख्या : ४१
चालु मुद्दामा फरार रही पक्राउ संख्या : ५३
४. भन्सार चोरी पैठारीको सामान बरामद :
मिति २०७७।०९।२९ गते जिल्ला बाँके डुडुवा गा.पा.वडा नं.१ खडौचा नाका हुदै भारत रुपैडिया वस्ने राहुल गुप्ता र ऐ.ऐ.वस्ने मो.सकिल खानले भारतिय नं.को मोटरसाईकलमा भन्सार चली चोरी पैठारी गरि भारत बाट नेपाल तर्फ ल्याउदै गरेको मोवाईलका कभर, सिसि, लगायतको मुल्य रु १,३०,०००।–बराबरको सामान फेला पारी दाखिला गरेको हुदा बरामद सामान सहित पक्राउ परेका निज राहुल गुप्ता समेत लाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज पठाउने तयार भईरहेको ।
चालु आ.ब.को हाल सम्म जम्मा राजश्व संकलन रु : १,८०,७२,२७८।–
पौष महिनामा हाल सम्म संकलन राजश्व रु : ९,२५,७५०।-
हाल सम्मको कुल राजश्व रु : ३,२४,१३,०७८।-
५. हराएको मोवाईल फेला :
यस कार्यालय बाट सर्वसाधारण नागरिक लाई धिटो छरितो सेवा दिने अभियान अन्तगर यस कार्यालयले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएकोमा हराएका मोवाईल खोजतलास गर्ने कार्य लाई समेत प्राथमिकता लाई राखी विबिन्न स्थानमा हराएका मोवाईल खोजलतालस गर्ने क्रममा निम्न मानिसहरुको निम्नानुसार मोवाईल फेला पारी बुझाईएको छ ।
निम्न:
१. जिल्ला बाँके जानकी गा.पा.वडा नं.२ वस्ने रोहित वर्माकोमिति २०७६।०८।१५ गते कान्निपुर नेपालगंज बजार बाट हराएको VIVO 11 मोवाईल थान ……..१
२. जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं.१८ वस्ने प्रच्युत प्रसाईको मिति २०७७।०७।२६ गते नेपालगंज बजार बाट हराएको OPPO F 7 मोवाईल थान ……..१
३. जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं.१८ वस्ने वसन्ती योगीको मिति २०७७।०८।१७ गते नेपालगंज बजार बाट हराएको Real me मोवाईल थान ……..१
हाल सम्म मोवाईल हराएको निवेदन परेको संख्या : २३६
फेला परेको मोवाईल संख्या : ५५
६. मादक पदार्थ सेवन गरि सवारी चलाउने माथी कारबाही :
मिति २०७७।०९।१७ गते १२:५५ बजेको समयमा जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका वडा नं.१८ एस.के पेट्रोल पम्प नजिक नेपालगंज बाट कोहलपुर जाँदै गरेको जिल्ला बर्दिया वढैयाताल गा.पा.वडा नं.६ वस्ने राज कुमार वाल्मिकीले मादक पदार्थ सवेन गरि तिब्र गतिमा चलाई लिएको ना ५ ख ५७७३ नं. बसले भे १ त ५१३४ नं.को टेक्टर लाई ठक्कर दिदा बस अनियन्त्रित हुन गई सो नजिकै रहेको वर्णवाल ट्रेड ईन्टेरनेशनल अटो पसल अगाडी रहेका (अटो किन्न गएका) जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं.१३ वस्ने विक्रम वृजवासी लाई चोट लागी निजको उपचारको क्रममा मृत्यु भएको घटनामा उक्त बसका चालक निज राज कुमार वाल्मिकी लाई तत्काल पक्राउ गरि सवारी ज्यान कसुरमा अनुसन्धान भईरहेको ।


