१७ जेष्ठ २०८१, बिहीबार

बाँकेमा कोभिड–१९ कोरोना भाईरसलाई नियन्त्रण गर्न लकडाउन थप कडा

एसीपी संवाददाता

८ बैशाख २०७७, सोमबार १३:२८ मा प्रकाशित

बैशाख ८ गते नेपालगंज । बिश्व भरि महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाईरसलाई नियन्त्रण गर्न लकडाउनलाई बाँकेमा थप कडा पारिएको छ । लकडाउन कडा पारिए पछि नेपालगंज बजार अहिले सुनसान भएको छ । हरेक दिन बिभिन्न बहाना पारी बजार हिडनेहरुलाई प्रशासनले गाडीमा सुचना सुनाउदै सम्झाएकोले अहिले पसलहरु समेत बन्द भएका छन । नेपालगंज उपमहानगरपालिका लगाएतका क्षेत्र जयसपुर, साईगाँउ,प्रिप्रहवा, बालेगाँउ,हिरमिनीया सहितको क्षेत्रबाट आवत जावत बन्द नभएकोले साथै यसैबाटो बाट भारतीय नागरिकहरु अबैधनिक रुपमा स्वास्थ्य चेकजाँच न गराई पसेको भन्दै बिभिन्न संचारमाध्यमहरुमा आएको समाचारलाई मध्यनजर गर्दे जिल्ला प्रशासन कार्यालय बाँकेले नेपाली जनताको स्वास्थ्य सुरक्षालाई ध्यान राख्दै साँझा ४ बजे पछि औषधी पसल बाहेक अर्को सुचना प्रकाशित नगरे सम्म अनिश्चितकालका लागि सम्पुर्ण खाद्यान्न किराना लगाएतका कुनै पनि पसल संचालन गर्न नपाईने सुचना जारी गरेको हो । लकडाउन भए पश्चात नेपालगंज उपनगरपालिकाले बिभिन्न वडा कार्यालय मार्फत दैनिक ज्यालादारी काम गर्ने असहाय भएकाहरुलाई राहत बितरण गर्दै आएको भए पनि तरकारी बेच्ने,अन्य बहानामा घुमफिर गरी रहेको र अनावश्यक काममा हिडिरहेको समाचार समाजिक संजालमा आइैरहेको बेला सुरक्षाको दृष्टिकोणले प्रशासनले कडाई गरेको हो । नेपालगंज आसपाश क्षेत्रमा रहेको मन्दिर,मदरशा, मस्जिदहरु मा रोक लगाएत पनि बिभिन्न स्थानहरुमा नमाज पढना गएको समाचार आए पश्चात सुरक्षा कडा पार्नु प्रशासनको दायित्व पनि रहेको छ । साथै सम्पुर्ण जनताले यस लकडाउनलाई घरमै बसी सहयोग गर्नु पर्ने आवश्यक छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x