नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित,संक्रमितको संख्या ५९ पुग्यो



नेपालमा कोरोना भाइरसका थप दुई संक्रमित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी प्रादेशिक अस्पतालमा उपचाररत दुईजनामा कोरोना पुष्टि भएको हो ।

भेरी अस्पतालमा परीक्षण गर्दा २ जनाको रिपोर्ट शंकास्पद आएपछि थप निर्क्यौल गर्न स्वाब पुनस्पीसीआर परीक्षण गर्दा एक जनालाई कोरोना पोजेटिभ देखिएको हो भने अर्को स्वाब परीक्षणकै क्रममै रहेको छ । उनीहरु मध्ये एकजनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो । अर्काको नेपालगञ्जस्थित ल्याबमै गरिएको पिसिआर परीक्षणमा कोरोना देखिएको हो । नेपालगन्ज: बाँकेको नेपालगन्जमा कोरोना पोजेटिभ भेटिएको छ । पछिल्लो समय स्वाब परीक्षणलाई तीब्रता दिएसँगै नेपालगन्जमा शुक्रबार कोरोना पोजेटिभका विरामी भेटिएका हुन् ।नेपालगन्जमा रहेका मस्जिदहरुमा केही दिन देखि व्यापक रुपमा स्वाब परीक्षण थालिएको छ । भेरी अस्पताल स्रोतका अनुसार, एक जना व्यक्तिमा कोरोना पोजेटिभ देखिएको छ । उनको किटबाट पोजेटिभ देखिएपछि भेरी अस्पतालमा रहेको पिसीआर परीक्षणबाट पनि कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ ।उता नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले सामाजिक सञ्जाल मार्फत नेपालगन्जमा कोरोना भाइरस देखिएको सार्वजनिक गरेकीछिन् । उपमेयर मगरले आफ्नो ट्वीटरमा ‘नेपालगन्ज पनि चोखो रहेन कोरोना भाइरस’ भनेर ट्वीट गरेकी छन् । भेरी अस्पतालको ल्यावमा ती व्यक्तिमा कोरोना पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाण्डौंको टेकु स्थित अस्पतालमा पठाएकाले आधिकारिक पुष्टी स्वास्थ्य मन्त्रालयले मात्र गर्ने नेपालगन्जका चिकित्सकले बताएका छन् ।संक्रमित ब्यक्ति भेटिएको खबर सार्वजनिक भएपछि स्वास्थ्यकर्मी सम्मलित जिल्ला स्थित उच्च सुरक्षा समितिको आपतकालिन बैठक बसेकोछ । जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको नेतृत्वमा उक्त समितिको आपतकालिन बैठक बसिरहेकोछ ।मस्जिदमा सुरक्षा निगरानी कडाकोरोना भाइरस संक्रमित भेटिएको चर्चापछि बाँके प्रहरीले यहाँका मस्जिदमा निगरानी बढाएकोछ । प्रहरी श्रोतका अनुसार नेपालगन्जमा रहेका मस्जिदमा शुक्रबार बिहानैदेखि उच्च निगरानी बढाइएकोछ । कोरोना भाइरस संक्रमणको आशंकामा यतिबेला नेपालगन्जका मस्जिदमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएकोछ ।‘नेपालगन्जमा कोरोना भाइरस संक्रमित ब्यक्ति भेटिएको हल्ला छ । त्यसको आधिकारीक धारणा सरकारले गर्छ, तर हामीलाई यो मस्जिदमा निगरानी बढाउन आदेश आएपछि विहानैदेखि हामीले सुरक्षाकर्मी खटाएका छौं’ एक उच्च प्रहरी अधिकृतले सेतोखरीलाई बताए ।

हिजोबाट देशका बिभिन्न जिल्लाका जिल्ला प्रशासन कार्यालयले सुचना जारी गरे पश्चात नेपाली नागरिकहरु त्रसित बनेका थिए ।

खास भारत नेपाल सिमाबाट लकडाउन गरे पनि बिभिन्न बहानामा गाडीबाट नेपालबाट भारत र भारत नेपाल आएक धेरै मानिसहरुको पहिचान गर्न बाँकि रहेको छ । समान्य तरकारी व अन्य समान बेचने बहाना बार्डर नजिकै बाट आउने जाने र मौका माएर सिमा क्षेत्र वारी पारी गरेको सिमा क्षेत्र नजिक बसोबाँस गरेकाहरुले बताएक छन ।
