६ कार्तिक २०८१, मंगलवार

नेपाली कांग्रेस डीलसैनी भष्ट्रचारी र तानाशाही विरुद्ध शशक्त भएर अगाडि बढीसक्यो : नेता जोशी

एसीपी संवाददाता

१२ चैत्र २०७८, शनिबार ००:०१ मा प्रकाशित

तिनतारे बिधालय हाम्रो सान बिध्यार्थी शिक्षक र अबिभाबक स्वाभिमान
भन्ने मुल नाराका साथ श्री बेतालेश्वोर आधारभूत बिधालय डिलाशैनी 5 थामु बैतडिको आयोजनामा खानेपानी सरसफाइ तथा स्वच्छता सुबिधामा तिनतारे बिद्यालय घोसणा सभा सम्पन्न भएको छ डिलासैनी गाउपालिका ग्रामिण जल्श्रोत ब्यबस्थापन परियोजना तेस्रो चरण बैतडिको सहयोग मा भएको उक्त कार्यक्रम मा नेपाली काङ्ग्रेस डिलासैनी ले पनि सहभागिता जनाएको थियो उक्त कार्यक्रम मा बोल्दै गर्दा नेपाली काङ्ग्रेस डिलासैनी गाउपालिकाका सभापति जयानन्द जोशी (जयराज) ले बिद्यालय परिवार लाई बधाइ तथा शुभकामना ब्यक्त गर्नु भएको छ।
डिलासैनी गाउपालिका ले गरेका केही भ्रष्टाचारका कुराहरु समेत जोशी ले प्रष्ट पारेका छन। ने क पा एमाले को सरकार आएपछी डिलासैनी बासिको स्वतन्त्रता खोसिएको कुरा काङ्ग्रेस ले महसुस गरेको र आफ्नो स्वतन्त्रता फिर्ता ल्याउनको लागि बैसाख 30 गत्तेको निर्वाचनमा स्वच्छ छवि भएका उम्मेदवार लाई मतदान गर्न समेत जोशिले अपिल गरेका छन। डिलासैनी सरकार को तानासाही प्रबृतिको अन्त्य र भ्रष्टाचारिहरुको समाप्ति गर्न नेपाली काङ्ग्रेस डिलासैनी शसक्त भएर अगाडि बढिसकेको कुरा समेत जोशिले बताएका छन

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Harish bohara
Harish bohara
2 years ago

Dherai ramro daju sahamat xu

1
0
Would love your thoughts, please comment.x
()
x