अमेरिका चीन बिच चेतावनी दिने कार्य
अमेरिकाको परराष्ट्र मन्त्रालयले उनले कुनै त्यस्तो भ्रमण योजना घोषणा नगरेको बताएको छ भने चीनले उनले भ्रमण अघि बढाए ‘गम्भीर परिणाम’ निम्तिन सक्ने चेतावनी दिएको छ।
बाइडनले गत साता पत्रकारहरूसँग भ्रमणमा जाने कुरा ‘सेनाले राम्रो नहुने सोचेको’ बताएका थिए।
तर उनको ह्वाइट हाउस प्रशासनले भ्रमणबाट चीनले गरेको चर्चा ‘अनावश्यक र असहयोगी’ भएको उल्लेख गरेको छ।

तस्बिर स्रोत,GETTY IMAGES
उपराष्ट्रपतिपछिको बरियातामा रहेकी पलोसी ताइवान गएमा उनी सन् १९९७ पछि उक्त क्षेत्र भ्रमण गर्ने अमेरिकाको सबैभन्दा उच्च राजनीतिज्ञ हुनेछिन्।
बिहीवारको टेलिफोन संवाद ‘प्रत्यक्ष र इमानदार’ भएको प्रतिक्रिया दिँदै बाइडन प्रशासनका एक अधिकारीले उनीहरूबीच प्रत्यक्ष भेटवार्ताको सम्भावनाबारे पनि छलफल भएको जानकारी दिए।
बाइडन अमेरिकाको उपराष्ट्रपति हुँदा उनको निमन्त्रणामा सन् २०१५ मा सी ले अमेरिका भ्रमण गरेका थिए। तर बाइडन राष्ट्रपति भएपछि दुई जना नेताको भेट भएको छ ।
चीनले ताइवानलाई आफ्नै देशबाट अलग रहेको प्रदेशका रूपमा हेर्ने गरेको छ र यो देशकै एक भूभाग बन्नुपर्ने ठान्दै आएको छ। यसका लागि बल प्रयोग हुनसक्ने सम्भावनालाई पनि चीनले अस्वीकार गरेको छैन।
तर वासिङ्टनले ताइपेईको कूटनीतिलाई एक चीन नीति अन्तर्गत स्वीकार गरेको छैन। अमेरिकाले प्रजातान्त्रिक शासन व्यवस्था रहेको स्वशासित ताइवानको आत्मरक्षाका लागि हतियार विक्री गर्दै आएको छ।
ह्वाइट हाउसका अनुसार दुई नेताहरूबीच ताइवान बाहेक जलवायु परिवर्तन र स्वास्थ्य सुरक्षाका विषयमा पनि छलफल भएको ।
बाइडन प्रशासनले यसअघिका राष्ट्रपति ट्रम्पको कार्यकालमा चिनियाँ सामानको आयातमा लगाइएको कर अन्त्य गर्ने विषयमा छलफल गरिरहेको छ। यस्तो कदमले अमेरिकामा बढ्दो महँगीलाई राहत मिल्ने बाइडन प्रशासनको


