२७ श्रावण २०८३, बुधबार

चीनमा कोरोना संक्रमित चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु, २० घाइते

एसीपी संवाददाता

३ आश्विन २०७९, सोमबार १५:२९ मा प्रकाशित

एजेन्सी –  चीनमा कोराना संक्रमितहरु चढेको बस दुर्घटना हुँदा २७ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमितहरुलाई क्वारेन्टाइन परिसरतर्फ लैजाँदै गरेकाे एउटा बस दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । चीनको दक्षिण–पश्चिमी कुईचौ प्रान्तमा आइतबार बिहान बस पल्टिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन् ।

दुर्घटनापछि बेइजिङगको ‘शून्य–कोभिड’ नीतिलाई लिएर अधिकांश मानिसहरुले अनलाइन मार्फत आक्रोश समेत व्यक्त गरेका छन् । उक्त नीति अन्तर्गत ठूलो संख्यामा सर्वसाधारणको कोरोना परीक्षण र संक्रमितहरूको पहिचान गर्ने गरिएको जनाइएकाे छ ।

साथै केही थोरै संख्यामा मात्रै संक्रमित भेटिए पनि शहरभरी कडा लकडाउन गर्ने गरिएको छ । बस दुर्घटनामा पर्नुको कारण भने खुल्न सकेको छैन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x