१२ मंसिर २०८३, शुक्रबार

नक्कली ट्वीटर अकाउन्ट बन्द गर्ने मस्कको घोषणा

एसीपी संवाददाता

२१ कार्तिक २०७९, सोमबार ०९:५३ मा प्रकाशित

सामाजिक सञ्जाल ट्वीटरको स्वामित्व लिएपछि एकपछि अर्को निर्णय गर्दै आएका एलन मस्कले नक्कली ट्वीटर अकाउन्टहरु बन्द गर्ने घोषणा गरेका छन् ।

लगातार ३ वटा ट्वीट गर्दै उनले बारम्बार अकाउन्टको नाम फेर्न, अर्काको फोटो राख्ने र प्यारोडी अकाउन्ट चलाउनेहरुका अकाउन्ट बन्द गर्ने घोषणा गरेका हुन । मस्कले ट्वीटर ह्याण्डल गर्ने सबै जनालाई यस अघि नै यो खालको सन्देश र चेतावनी दिईसकेको भन्दै अब बिना सूचना अकाउन्ट बन्द गरिदिने समेत बताएका छन् ।

उनले शुल्क तिरेर निलो टिकको अकाउन्ट चलाउनेहरुले नाम फेरेमा निलो टिक स्थगित गरिदिने चेतावनी समेत दिएका छन्। मस्कको याे घोषणासँगै ट्वीटरले एलन मस्ककै नाम र फोटो प्रयोग गरेर सञ्चालन भइरहेका अकाउन्टहरु बन्द गरिदिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x