१२ मंसिर २०८३, शुक्रबार

तालिवानमा २ महिलासहित १४ जनाको हत्या

एसीपी संवाददाता

१३ मंसिर २०७९, मंगलवार २१:५९ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानमा सरकार चलाइरहेको तालिवानले १४ जनालाई गोली हानेर हत्या गरेको छ ।

लोगर प्रान्तको एक फुटबल रंगशालामा हजारौं मानिसका बीच तालिवानले उनीहरुको हत्या गरेका हुन् । भ्रष्टाचार, व्यभिचार र डकैती गरेको आरोपमा तालिवानले २ महिलासहित १४ जनाको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।  मारिनेमा १२ जना सुरक्षाकर्मी र २ जना सर्वसाधारण नागरिक हुन् । तालिवानले यसरी हत्या गरेको यस महिनामा यो दोस्रो घटना हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x