१२ मंसिर २०८३, शुक्रबार

दोलखामा बालकृष्ण शिवाकोटीले फेरि अग्रता लिए

एसीपी संवाददाता

१९ मंसिर २०७९, सोमबार ०८:१३ मा प्रकाशित

दोलखा । दोलखामा जारी प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले फेरि अग्रता लिएका छन्।

ओराङ क्षेत्रको मतगणना सकिंदा एमाले उम्मेदवार शिवाकोटी नेकपा माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीभन्दा ३६ मत अन्तरले अगाडि छन् ।

शिवाकोटीले ३३ हजार ९३९ मत पाउँदा कार्कीले ३३ हजार ९०३ मत पाएका छन्। ओराङको मत गन्नुअघि कार्की ११४ मत अन्तरले अघि थिए ।

अब विगु गाउँपालिकाको लामाबगर, शैलुङ गाउँपालिकाका दूधपोखरी र भुषाफेदा र मेलुङ गाउँपालिकाको पवटीको मत गणना हुन बाँकी छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x