११ असार २०८३, बिहीबार

तातोपानी नाका सहज रुपमा सञ्चालनको पहल गर्न माग गर्दै प्रचण्डलाई ज्ञापनपत्र

एसीपी संवाददाता

७ पुष २०७९, बिहीबार २०:१२ मा प्रकाशित

चीनसँगको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका सहज रुपमा सञ्चालनको वातावरण बनाउन पहल गर्न माग गर्दै बागमती प्रदेशका सांसद्हरूसहितकाे टाेलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएका छन् ।
सिन्धुपाल्चोकका प्रतिनिधिसभा सदस्य माधव सापकोटाको नेतृत्वमा आज बिहान खुमलटार पुगेर सो प्रतिनिधि मण्डलले प्रचण्डलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझ्दै प्रचण्डले नेपाल र चीन सरकारसँग नाकाको सहज सञ्चालनबारे छलफल गर्ने आश्वासन दिएका थिए ।

तातोपानी नाका सहज रुपमा संचालन र अरनिको राजमार्गको स्तोरन्नतिको मागसहितको ज्ञापनपत्र बुझाउन बागमती प्रदेशसभा सदस्यहरु सरल सहयात्री, अमृता नेपाल, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल ट्रक कन्टेनर ढुवानी सेवा, नेपाल हिमालय सीमापार वाणिज्य संघका प्रतिनिधि खुमलटार पुगेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x