१२ मंसिर २०८३, शुक्रबार

आतङ्कवादी आक्रमणमा छ जना सुरक्षाकर्मी मारिए, १७ घाइते

एसीपी संवाददाता

१३ पुष २०७९, बुधबार ०७:५४ मा प्रकाशित

एजेन्सी –  पाकिस्तानको बलुचिस्तानमा भएको आतङ्कवादी आक्रमणमा छ जना सुरक्षाकर्मी मारिएका छन् भने अन्य १७ जना घाइते भएका छन् ।

लगातार भएका सातवटा बम विष्फोटमा छ जना पाकिस्तानी सुरक्षाकर्मीको मृत्यु हुनुका साथै अन्य १७ जना घाइते भएका समाचारपत्र डनले जनाएको छ ।

दूर नियन्त्रित उपकरणबाट आतङ्कवादीले विष्फोट गराएका थिए । आइतबार पनि बलुचिस्तानमा भएका पाँचवटा छुट्टाछुट्टै ग्रेनेड विष्फोटमा पाँच जना सैनिक मारिएका तथा कम्तीमा १५ जना घाइते भएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x