१२ मंसिर २०८३, शुक्रबार

पाकिस्तानको मस्जिदमा बम विष्फोटबाट २० को मृत्यु,९० बढि घाइते

एसीपी संवाददाता

१६ माघ २०७९, सोमबार १६:५९ मा प्रकाशित

एजेन्सी :पाकिस्तानको पेसावर सहरको एक मस्तिजमा आत्मघाती बम विष्फोट हुँदा २० जनाको मृत्यु भएको छउद्दारकर्मीले बीबीसीलाई बताएअनुसार विष्फोटबाट करिब ९० जना बढि घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।विष्फोटमा मस्तिजको एक भाग पूर्णरूपमा क्षति पुगेको छ।घाइतेहरूको पेसावरको लेडी रिडिङ अस्पतालमा उपचार भइरहेको छ।  अस्पतालका प्रवक्ता मोहम्मद असीमका अनुसार घाइतेहरूलाई अस्पताल ल्याउने क्रमम जारी छ।  पेशावरको लेडी रिडिङ अस्पताल (LRC) का प्रवक्ता मोहम्मद असिमले पाकिस्तानी सञ्चारमाध्यमलाई भने कि घाइतेहरूलाई अझै अस्पतालमा ल्याइएको छ, केहीको अवस्था गम्भीर छ। क्षेत्रलाई पूर्ण रूपमा घेराबन्दी गरिएको छ र एम्बुलेन्सहरूलाई मात्र प्रवेश गर्न अनुमति दिइएको छ। प्रहरी अधिकारी सिकन्दर खानले भवनको एक भाग भत्किएको र धेरै मानिसहरु मुनि पुरिएको आशंका गरिएको बताए ।

पाकिस्तानी मिडिया आउटलेट डनका अनुसार विष्फोट दिउँसो १:४० बजे भएको थियो।विस्फोटको जानकारी पाएलगत्तै पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले यसको निन्दा गरेका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x