बेलायती प्रधानमन्त्रीद्वारा पार्टी अध्यक्ष बर्खास्त
एजेन्सी । बेलायतका प्रथम भारतिय मुलका हिन्दु प्रधानमन्त्री ऋषि सुनकले सत्तारुढ कन्जरभेटिभ पार्टीका अध्यक्ष नदिम जाहावीलाई बर्खास्त गरेका छन् । कर मामिलाको अनुसन्धानमा अध्यक्ष जाहावीलाई दोषी देखिएपछि मन्त्री पदको पदीय मर्यादाको ‘गम्भीर उल्लङ्घन’ गरेको भन्दै सरकारबाट बर्खास्त गरिएको हो ।
गत वर्ष राजनीतिक उथलपुथलको अवधिमा बेलाइतको अर्थमन्त्री रहेका जाहावीलाई पछिल्लो समय करोडौं डलरको भुक्तान नगरिएका कर बिल सुल्झाएको आरोपमा राजीनामा दिन व्यापक दबाब दिइएको थियो। त्यसपछि व्यापक विवादमा आएका जाहावीलाई बर्खास्त गरिएको हो ।
जाहावीले शुरुमा आफ्नो कर मामिलाको बारेमा मिडिया रिपोर्टहरूलाई अस्वीकार गरे पनि पछिल्लो समय केही अनियमितता भएको स्वीकार गरेका थिए । गार्जियनले करिब ५० मिलियन पाउण्ड (६.१९ मिलियन अमेरिकी डलर) को अनुमानित कर बिलमा अनियमितता भएको उल्लेख गरेको छ ।
बेलाइतमा यदि कसैले समयमै कर तिर्न असफल भएमा जरिवाना लागू हुन्छ। (रासस-सिन्ह्वा)


