बम बिस्फोटमा तालिवान गभर्नरसहित तीन जनाको मृत्यु
एजेन्सी – अफगानिस्तानको मजार–ए–शरीफ सहरमा बिहीबार बम विस्फोट भएको छ । जसमा तालिवान गभर्नरसहित तीन जनाको मृत्यु भएको छ । तालिवान प्रहरी प्रवक्ताले यसको पुष्टि गरेका छन् । विस्फोट गभर्नरको कार्यालयमा भएको बताइएको छ । 
तालिवानका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले स्थानीय प्रहरी प्रमुखले मजार-ए-शरीफ सहरको गभर्नरको कार्यालयमा बम विष्फोट भएको बताएका छन्। जसमा गभर्नर दाउद मुजमल र अन्य दुई जनाको मृत्यु भएको थियो । तर, अहिलेसम्म कुनै पनि संगठनले आक्रमणको जिम्मेवारी लिएको छैन ।

अफगानिस्तानमा, तालिबानले अगस्त २०२१ मा कब्जा गरेको थियो। त्यसयता अफगानिस्तानमा इस्लामिक स्टेट खोरासानले लगातार आतंकवादी हमला गरिरहेको छ । खोरासानले तालिबान सुरक्षा बल र शिया अल्पसंख्यकलाई निशाना बनाउँदै आएको छ।
“अफगानिस्तानको सत्तारुढ तालिबानले हालै इस्लामिक स्टेट खोरासान प्रान्तमा ठूलो कारबाही गरेको थियो। तालिबानले ISKP का युद्ध मन्त्री र सैन्य प्रमुख कारी फतेहको हत्या गर्यो। प्रमुखको रूपमा सूचीबद्ध गरिएको थियो। कारी फतेहले ISKPका लागि रणनीति बनाउनुहुन्थ्यो। उसले हालै दूतावासहरूमा आक्रमण गर्ने योजना पनि बनाएको थियो। काबुलमा रुस, पाकिस्तान र चीन विरुद्ध समेत हमला गर्दै आएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाउदै आएका छ्न ।
अफगानिस्तानलाई राहत दिदै भारतले २० हजार मेट्रिक टन गहुँ पठाउने


