आर्थिकले कंगाल रहेको पाकिस्तानमा पेट्रोलियम पदार्थको व्यापक अभाव
इस्लामावाद: पाकिस्तानको लगातार घट्दै गएको विदेशी मुद्रा भण्डारका कारण यहाँका तेल कम्पनीहरू अब कच्चा तेलको आभाव झेलीरहेका छन्। पाकिस्तानको केन्द्रीय बैंकले विदेशी भुक्तानी छिटो गर्न नसक्दा तेल कम्पनीहरूले कच्चा पदार्थ आयात गर्न सकेका छैनन्। पाकिस्तानका तेल कम्पनीहरूले अब अगाडि आएर शाहबाज सरकारलाई आगामी संकटबारे चेतावनी दिएका छन्। तेल कम्पनी सल्लाहकार परिषद् (OCAC), जसले तीन दर्जन भन्दा बढी प्रमुख तेल कम्पनीहरूको प्रतिनिधित्व गर्दछ, पहिले नै कमजोर आपूर्ति श्रृंखलामा ठूलो समस्याको चेतावनी दिएको छ।
संघले वित्त र ऊर्जा मन्त्री, स्टेट बैंक अफ पाकिस्तानका गभर्नर र तेल र ग्यास नियामक प्राधिकरणका अध्यक्षलाई पत्र लेखेको छ। सङ्घले घट्दो रुपैयालाई रोक्न हस्तक्षेप गर्न माग गरेको छ । OCAC ले तेल उद्योगले मूल्य निर्धारणमा भएको विदेशी विनिमय घाटाको रिकभरीका लागि पारदर्शी संयन्त्रको माग गर्दै आएको स्मरण गराएको छ । सरकारले हालको विनिमयदरका आधारमा तत्काल मूल्य परिमार्जन गर्नुपर्ने तर अहिलेको अवस्थामा त्यो सम्भव नभएको खण्डमा प्रणाली लागू गर्नुपर्ने बताएको छ ।
कच्चा पदार्थ आयात गर्न कठिनाई किन ?
पछिल्लो समय डलरको तुलनामा पाकिस्तानी रुपैयाँको भाउमा तीव्र गिरावट आएको छ । जसका कारण विद्यमान कर्जा उद्योगका लागि अपुग भएको छ । यसले उद्योगलाई कच्चा पदार्थ आयात गर्न बाधा पुग्न सक्छ। तेल उद्योगले शाहबाज सरकारलाई तेलको बढ्दो मूल्य र अवमूल्यन भइरहेको रुपैयाँलाई व्यवस्थापन गर्न बैंकिङ क्षेत्रले तेल कम्पनी र रिफाइनरीहरूलाई सहजीकरण गर्न सुनिश्चित गर्न आह्वान गरेको छ।
पाकिस्तानी उद्योग ध्वस्तको कगारमा छ्न ।
उद्योग ध्वस्त हुने संघारमा रहेको OCAC ले जनाएको छ । यस वर्षको सुरुमा केही क्षेत्रमा इन्धन अभावको उदाहरणले उद्योगको नाजुक अवस्था देखाउँछ, जसमा तत्काल हस्तक्षेप आवश्यक छ। OCAC को यो पत्रले स्पष्ट रूपमा पाकिस्तानमा संकट देखाउँछ। तर पाकिस्तानी सेना प्रमुखका अनुसार सबै ठीक छ। पाकिस्तानी सेना प्रमुख असिम मुनिरले देशका शीर्ष 10 उद्योगपतिहरूलाई भेटे र उनीहरूलाई आश्वासन दिए कि देशको सबैभन्दा खराब समय सकिएको छ र डिफल्ट हुने सम्भावना समाप्त भएको छ।


