१२ मंसिर २०८३, शुक्रबार
अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
काठमाडौँ — अफगानिस्तानमा महिला शिक्षाको क्षेत्रमा अभियान चलाइरहेका एक अभियन्तालाई तालिबानी सरकारले पक्राउ गरेको छ । ३० वर्षीय मातिउल्लाह वेसालाई तालिबानी सरकारले पक्राउ गरेको हो ।
उनले केही समयदेखि अफगानिस्तानका ग्रामीण भेगमा पुगेर महिला शिक्षाका लागि अभियान चलाइरहेका छन् । उनी ‘पेनपथ’ नामक मानव अधिकार तथा महिला शिक्षा अभियान चलाइरहेको संस्थाका संस्थापक तथा अध्यक्षसमेत हुन् ।
अफगानिस्तानमा महिलाका साथै किशोरीहरूलाई समेत विश्वविद्यालय तथा विद्यालय प्रवेशमा निषेध गरिएको छ । ईकान्तिपुर
Subscribe
Login
0 Comments


