१२ मंसिर २०८३, शुक्रबार

जनकपुरधामका मेयर र अमेरिकी राजदूत थोम्पसन बीच भेटवार्ता

एसीपी संवाददाता

१८ चैत्र २०७९, शनिबार ०५:३६ मा प्रकाशित

जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह र नेपालको लागि अमेरिकन राजदूत डेन आर थोम्पसन बीच शुक्रवार भेटवार्ता भएको छ ।
उक्त भेटवार्तामा नेपाल प्रमुख सेफेडिया क्याभन्साद, जनकपुरधाम उपमहानगरपालिकाको विभिन्न वडा अध्यक्ष एवम् वार्ड सदस्यहरुको सहभागिता रहेको हो ।
अमेरिकन राजदूत थोम्पसन सहितका टोलीलाई जनकपुरधामको सांस्कृतिक तथा ऐतिहासिक महत्वको बारेमा जानकारी गराएको छ ।
लोकतन्त्रप्रति प्रतिबद्ध भइ यहाँका स्थानीय जनप्रतिनिधिहरुले काम गर्दै आएको राजदूत थोम्पसनको विश्वास थियो । कुनै पनि देशमा सुशासन स्थापनाको लागि स्थानीय तहदेखि नै लोकतान्त्रिक व्यवहारलाई बलियो रुपमा कार्यान्वयन गर्न सक्नुपर्ने धारणा राख्दै उनले जनकपुरधाममा भएको आतिथ्य अदभूत रहेको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x