१२ मंसिर २०८३, शुक्रबार

अफगान शरणर्थीको गतिविधि नियन्त्रण गर्न पाकिस्तानद्वारा नयाँ नीतिको घोषणा

एसीपी संवाददाता

२३ चैत्र २०७९, बिहीबार १९:१२ मा प्रकाशित

एजेन्सी – अफगान शरणर्थीको गतिविधि नियन्त्रण गर्न पाकिस्तानले नयाँ नीतिको घोषणा गरेको छ । पाकिस्तानले जारी गरेको नयाँ नीतिअनुसार मुलुकमा रहेका अफगान नागरिकले आफ्नो गतिविधिबारे नजिकको प्रहरीलाई जानकारी गराउनु पर्नेछ ।

यस नीतिअनुसार अफगान नागरिकले पाकिस्तानको एक स्थानबाट अर्को स्थानमा जान अनिवार्य रुपमा प्रहरीलाई सूचना दिनुपर्नेछ । अफगानिस्तानको खामा प्रेसका अनुसार यसबाट पाकिस्तानमा रहेका ४ लाखभन्दा धेरै अफगान शरणार्थी प्रभावित हुनेछन् ।

अफगान शरणार्थीको गतिविधिलाई नियन्त्रण गर्नका लागि घोषणा गरिएको नयाँ नीतिबारे पाकिस्तान सरकारले ठोस कारण भने उल्लेख नगरेको जनाइएको छ ।

यसअघि पाकिस्तानको आन्तरिक मामिला मन्त्रालयले मुलुकमा रहेका अफगान शरणर्थीलाई २०२२ को डिसेम्बरसम्म नजिकको प्रहरी चौकीमा आफ्नो विवरण दर्ता गराउन अन्यथा देश छाडेर जान चेतावनी दिएको थियो ।

सन् २०२१ को अगस्ट महिनामा तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरेयता हजारौँ शरणार्थी पाकिस्तान पुगेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x