१२ मंसिर २०८३, शुक्रबार
युक्रेनलाई हतियार नदिन दक्षिण कोरियालाई रुसको चेतावनी
दक्षिण कोरियाले ठूलो मात्रामा नागरिक आक्रमणको स्थितिमा कीभलाई सम्भावित सैन्य सहायताको लागि ढोका खोलेपछि रूसले बुधबार दक्षिण कोरियालाई युक्रेनमा हतियार नपठाउन चेतावनी दिएको छ ।
वासिङ्टनको सहयोगी द.कोरियाले युक्रेनलाई गैरघातक र मानवीय सहायता प्रदान गरेको छ, तर अहिलेसम्म सैन्य हतियार दिन अस्वीकार गरेको छ ।
रूसले द.कोरियाले हतियार आपूर्ति सुरु गर्नुको अर्थ युक्रेन द्वन्द्वमा अप्रत्यक्ष संलग्नता हुने बताएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने,‘दुर्भाग्यवश सियोलले अमैत्रीपूर्ण कदम चालेको छ ।’
उनले भने,‘हतियार आपूर्ति सुरु हुनुको अर्थ अप्रत्यक्ष रूपमा यस द्वन्द्वमा संलग्नताको एक निश्चित चरण हुनेछ । सन् २००८ देखि २०१२ सम्म रूसका राष्ट्रपति रहेका रूसका पूर्वनेता दिमित्री मेदभेदेवले पनि यस्तो चेतावनी दिएका थिए ।
Subscribe
Login
0 Comments


