१२ मंसिर २०८३, शुक्रबार

बन्दुकधारीले विद्यालयमा अन्धाधुन्ध गोली चलाउँदा पाकिस्तानमा ८ शिक्षकको मृत्यु

एसीपी संवाददाता

२४ बैशाख २०८०, आईतवार ०८:०० मा प्रकाशित

इशलामाबाद – आतंककारीलाई बढावा दिने पाकिस्तान आफै आतंकवादी हमलाबाट आक्रान्त बनेको, पछिल्लो समयमा एक विद्यालयमा बन्दुकधारी समुहले अन्धाधुन्ध गोली चलाउदा ८ जना शिक्षक मारिएका छन् ।
उत्तरपश्चिमी पाकिस्तानको एक विद्यालयमा बिहीबार बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा आठ जना शिक्षकको मृत्यु भएको समाचारमा जनाइएको छ । उक्त गोलीबारी अघिल्लो दिनको अर्को आक्रमणको बदलाको रूपमा गरिएको थियो जसमा एक शिक्षकलाई गोली हानी मारिएको थियो ।
हत्याको कारण स्पष्ट नभए पनि दुवै घटनामा मारिएका शिक्षकहरू देशको शिया मुस्लिम अल्पसंख्यक समुदायका रहेको बताइएका छन् । पाकिस्तानमा सुन्नि समुदायको बाहुल्यता रहेको छ, सुन्नि समुदायले बेला बेलामा शिया समुदायका मस्लिमलाई निशाना बनाउदै आएको क्रममा उक्त घटना भएको बुझिएको छ ।
पाकिस्तान लामो समय देखि इश्लामिक कट्टरपंथीहरुलाई पनाह दिदै आतंकवादी क्रियाकलापलाई संरक्षण गर्दै आएको छ । उक्त आतंकवादी संगठनहरुलाई भारतको विरुद्धमा प्रयोग गर्दै आएपनि भारत आफनो ढंगबाट विश्वको विकसित देशहरुको सुचीमा अग्रसर हुँदै गएपनि पाकिस्तानमा चरम आर्थिक मन्दीको साथै त्यहाँका जनताहरु आफनै सरकारबाट आजिज भईसकेको विभिन्न समाचार माध्यममा उल्लेख गरिएको । एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x