१२ मंसिर २०८३, शुक्रबार

अमेरिका, बेलायत, क्यानडाद्वारा आफना नागरिकका लागि ट्राभल एडभाइजरी जारी

एसीपी संवाददाता

२७ बैशाख २०८०, बुधबार १७:५५ मा प्रकाशित

एजेन्सी । पाकिस्तानमा द्वन्द सृजना भएपनि अमेरिका, बेलायत र क्यानडाले आफना नागरिकहरुको हकमा एक एडभाइजरी जारी गरेका छन् ।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि भएको हिंसात्मक विरोधका बीच अमेरिका, बेलायत र क्यानडाले पाकिस्तानमा रहेका आफ्ना नागरिकका लागि नयाँ ट्राभल एडभाइजरी जारी गरेका हुन् ।
उनीहरूले आफ्ना नागरिकहरूलाई उच्च सतर्कता अपनाउन, ठूलो भीड भएको ठाउँबाट बच्न र स्थानीय समाचारहरू ट्र्याक गर्न आग्रह गरेका छन् । क्यानडाले पनि “आतंकवाद, नागरिक अशान्ति, साम्प्रदायिक हिंसा र अपहरणको खतरा रहेको“ चेतावनी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x