१२ मंसिर २०८३, शुक्रबार
फ्रान्समा प्रहरीद्वारा किशोर हत्याको विरोधमा प्रदर्शन, कम्तीमा १५० जना पक्राउ
ट्राफिक नियम उल्लंघन गरेको भन्दै १७ वर्षीय किशोरलाई प्रहरीले हत्या गरेको आरोपमा फ्रान्सका विभिन्न सहरमा प्रदर्शन
पेरिस — फ्रान्समा प्रहरीद्वारा किशोरको हत्या भएको विरोधमा आधा दर्जनभन्दा बढी सहरमा आगजनी, तोडफोड र हिंसात्मक प्रदर्शनीमा कम्तीमा १५० जना पक्राउ परेका छन् ।
राजधानी पेरिसको दक्षिणी भागमा पर्ने एस्सोन क्षेत्रमा एक समूहले सबै यात्रुहरूलाई जबर्जस्ती ओरालेर बसमा आगो लगाएको र पेरिस नजिकैको क्लामामा गुडिरहेको यात्रुबाहक ट्राममा आगो लगाएका छन् ।
दक्षिणी सहर तुलुजमा थुप्रै कारहरूमा आगजनी गरिएको छ। अन्य दुई दक्षिणी सहर दिजोन र लियोनमा पनि थुप्रै सवारी साधनमा आगजनी गरिएको प्रहरी स्रोतलाई उल्लेख गर्दै फ्रान्सेली मेडियाहरुले जनाएका छन् ।
फ्रान्सको फेस्नेस्थित दोस्रो ठूलो जेल परिसरमा प्रदर्शनकारीहरूले आतिसबाजी र पटका पड्काएर प्रवेशद्वारमै रहेका सुरक्षामाथि हमला गरेको फ्रान्स २४ न्यूजले उल्लेख गरेको छ ।
Subscribe
Login
0 Comments


