हिन्दू आस्थामाथि क्रिश्चियन पुजारी हर्क साम्पाङको निरन्तर प्रहार, गाईको अपमान, सुँगुरको वकालत
काठमाडौं । धरानका मेयर हर्क साम्पाङले नेपालको राष्ट्रिय जनावर सुँगुर बनाउनुपर्ने आपत्तिजनक अभिव्यक्ति दिएको पाइएको छ । नेपालमा धार्मिक दंगा भड्काउनेगरी साम्पाङले हिन्दुहरुको आस्थासँग जोडिएको राष्ट्रिय जनावर गाईलाई होच्याएर सुँगुरको वकालत गरेका हुन् । उनले धर्म निरपेक्षताको विरोध गर्ने जातिलाई नै राष्ट्रिय जनावरको दर्जा दिइनुपर्ने भनेर बहुसंख्यक हिन्दु आस्थामाथि ठाडो प्रहार गरेका छन् ।
यस्तो छ, उनको आपत्तिजनक धारणा :
जसले जे भनोस “आइ डोण्ट केयर” नेपालको रास्ट्रीय जनावर “गाइ” होइन, “सुँगुर” लाइ बनाउनु पर्छ रास्ट्रीय जनावर किनकि जीवन भर हिलोमा डुबेर, सानो खोरमा थुनिएर, जुठो नमीठो खाएर अन्त्यमा साह्रै नराम्ररी मारिने एउटइ जनावर छ त्यो हो सुँगुर । दुःख पाउनेको दिन फर्कनु पर्छ कि पर्दैन ? त्यहि भएर पनि अबको नया नेपालमा राष्ट्रिय जनावरको दर्जा “सुँगुर” लाई दिनुपर्छ र सुँगुरको मासु खान मन पर्दा गाइको मासु खानु सिक्नु पर्छ । नत्र, धर्म निरपेक्षताको विरोध गर्ने जातिलाई नै राष्ट्रिय जनावरको दर्जा दिइनु पर्छ ।


