९ मंसिर २०८३, मंगलवार

चीनमा विद्यालयको व्यायामशाला भत्किँदा ११ जनाको मृत्यु

एसीपी संवाददाता

९ श्रावण २०८०, मंगलवार ०८:१९ मा प्रकाशित

चीनमा विद्यालयको व्यायामशाला भत्किँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

उत्तरपूर्वी चीनमा वर्षाका कारण व्यायामशालाको छत भत्किँदा उनीहरुको ज्यान गएको हो । घटना हुँदा व्यायामशाला भित्र १९ जना फसेका थिए । चार जना भाग्न सफल भएका छन् ।
भग्नावशेषबाट १५ जनालाई निकालिएकोमा चार जना घाइते छन् । हेलोङजियाङ प्रान्तको क्विहार सहरमा रहेको व्यायामशालाका प्रमुखलाई प्रहरीले पक्राउ गरेको बीबीसीले जनाएको छ ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x