९ मंसिर २०८३, मंगलवार

रुसको अन्तरिक्ष यान लुना-२५ दुर्घटनामा, भारतको चन्द्रयान सफलता तिर

एसीपी संवाददाता

४ भाद्र २०८०, सोमबार ०९:२६ मा प्रकाशित

एजेन्सी –   रुसको अन्तरिक्ष यान लुना-२५ दुर्घटनामा परेको छ ।

रुसी अधिकारीहरुका अनुसार चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको हो । अन्तरिक्ष यानमा मानिस थिएनन् ।

यो अन्तरिक्ष यान चन्द्रमाको दक्षिणी ध्रुवमा सोमबार अवतरण गर्नु पर्नेमा असफल भएको बीबीसीले जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि देशले अन्तरिक्ष यान अवतर गर्न सकेका छैनन् ।

तर चीन र अमेरिकाले चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गराएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x