९ मंसिर २०८३, मंगलवार

दिल्ली : जी–२० बैठकका बेला बाँदरसँग जुध्न विशेष तयारी

एसीपी संवाददाता

१४ भाद्र २०८०, बिहीबार ०९:३१ मा प्रकाशित

दिल्लीको सडकमा जडान गरिएका केही कटआउटहरूले मानिसहरूको ध्यान तानिरहेका छन् । त्यहाँ बाँदरका कटआउटहरू छन्, जुन बाँदरहरूलाई डराउनका लागि राखिएको छ ।

समाचार एजेन्सी पीटीआईले अधिकारीहरूलाई उद्धृत गर्दै बाँदरका यी कटआउट बाँदरको बाहुल्यता रहेको क्षेत्रमा जडान गरिएको छ । बाँदरका कारण जी–२० शिखर सम्मेलनमा कुनै अवरोध नहोस् भनेर प्रशासन प्रयासरत छ ।

पीटीआईका अनुसार प्रशासनले ३०–४० जनालाई बाँदरको आवाज निकाल्ने तालिम पनि दिएको छ, ताकि बाँदरलाई डराउन सकियोस् ।

यसका साथै प्रशासनले बाँदरले यताउता खाना नफ्याँकोस् भनेर पूर्वनिर्धारित स्थानमा खाना दिने तयारी गरेको छ ।

भारतले यस वर्ष जी–२० को अध्यक्षता गरिरहेको छ र यो बैठक ९–१० सेप्टेम्बरमा दिल्लीमा आयोजना हुनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x