९ मंसिर २०८३, मंगलवार

दक्षिण चीन सागरमा ‘बल प्रयोग’ नगर्न अमेरिका र भियतनामको सुझाब

एसीपी संवाददाता

२५ भाद्र २०८०, सोमबार १७:३९ मा प्रकाशित

एजेन्सी । संयुक्त राज्य अमेरिका र भियतनामले विवादित दक्षिण चीन सागरमा चिनियाँ पानीजहाजबीच भएको पछिल्लो झडपको केही दिनपछि सोमबार ‘ बल प्रयोग’ नगर्न चीनसँग आग्रह गरेका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र भियतनामको कम्युनिस्ट पार्टीका प्रमुख गुयेन फु ट्रोङले रणनीतिक जलमार्गमा प्रतिस्पर्धात्मक दाबीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाधान गरिनुपर्ने बताएका छन्  ।

बेइजिङले वार्षिक खरबौं डलरको व्यापार हुने लगभग सम्पूर्ण समुद्रमाथि आफ्नो दाबी गर्दै आएको छ । चीनको उक्त दावीमाथि कुनै कानुनी आधार नभएको र अन्तर्राष्ट्रिय अदालतको फैसलालाई चीनले बेवास्ता गरेको उनीहरूले बताएका छन् ।
बाइडेन र ट्रोङले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “नेताहरूले धम्की वा बल प्रयोग बिना नै अन्तर्राष्ट्रिय कानूनअनुसार विवादको शान्तिपूर्ण समाधानका लागि आफ्नो अटुट समर्थनलाई जोड दिएका छन् ।” उनीहरूले ‘दक्षिण चीन सागरमा नेभिगेसन र ओभरफ्लाइट र निर्बाध वैध व्यापारको स्वतन्त्रता’ को लागि पनि आह्वान गरेका छन् ।

दुई नेताले यस क्षेत्रमा चीनको बढ्दो आक्रामकताको सामना गर्ने तरिकाको रूपमा व्यापक रूपमा हेरिएको सहयोगलाई अझ प्रगाढ बनाउने सम्झौता गरेको एक दिनपछि यो वक्तव्य आएको हो । व्यापार, सुरक्षा, मानव अधिकार र जलवायु परिवर्तनलगायत विविध विषयमा वासिङ्टन र बेइजिङबीच विवाद भइरहेको छ र चिनियाँ प्रभावको सामना गर्न आफ्ना सहयोगीहरूको सञ्जाल बढाउन खोजिरहेको छ ।

गत साता फिलिपिन्सले चिनियाँ तटरक्षक बल र ‘लडाकू’ डुङ्गाले सेकेन्ड थोमस शोलमा फिलिपिनो सेनालाई आपूर्ति गर्ने क्रममा आफ्नै दुई तटरक्षक जहाजलाई सताएको आरोप लगाएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x