२२ श्रावण २०८३, शुक्रबार

चिनियाँ राजदूतलाई परराष्ट्र मन्त्रालय बोलाएर विवादित बयानबारे स्पष्टीकरण सोधियो

एसीपी संवाददाता

२७ भाद्र २०८०, बुधबार ०७:३३ मा प्रकाशित

काठमाडौ । कूटनीतिक मर्यादा विपरीत सार्वजनिक भाषण गरेका चिनियाँ राजदूत छन् सोङलाई परराष्ट्र मन्त्रालय बोलाएर स्पष्टीकरण लिइएको छ। परराष्ट्र सचिव भरतराज पौडेलले चिनियॉं राजदूतलाई मन्त्रालयमै बोलाएर स्पष्टीकरण मांग गरिएको परराष्ट्र स्रोतले जनाएको छ।

गत शनिवार नेपालका लागि चिनियाँ राजदूत छन् सोङले नेपाल-भारतबीचको सम्बन्ध र नेपालको आर्थिक अवस्थाप्रति विवादास्पद् अभिव्यक्ति दिएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले कूटनीतिक मर्यादा विपरीत नेपाल-भारतबीचको सम्बन्ध र व्यापारमा खलल पुर्‍याउनेगरी टिप्पणी गरेका हुन्।

चिनियाँ राजदूतको यस विवादास्पद अभिव्यक्ति पछि उनको चर्को आलोचना भएको थियो। प्रतिनिधि सभा र राष्ट्रीय सभा दुवै सदनमा चिनियाँ राजदूतको अभिव्यक्ति प्रति कडा आलोचना गर्दै सांसदहरूले राजदूतलाई फिर्ता पठाउने मांग सम्म गरेका थिए।

संसदको अन्तर्राष्ट्रीय सम्बन्ध समितिले बैठकनै डाकेर चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गर्दै उनलाई स्पष्टीकरण सोध्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो। समितिका सबै सदस्यहरूले चिनियाँ राजदूतलाई आफ्नो कूटनीतिक सीमा नलाघ्न चेतावनी समेत दिएका थिए। समितिको निर्देशन पछि परराष्ट्र सचिवले चिनियाँ राजदूतलाई बोलाएर स्पष्टीकरण मांग गरेका हुन्।

परराष्ट्र स्रोतका अनुसार सोमवार अपराह्न करीब सवा चार बजे परराष्ट्र मन्त्रालय छिरेका चिनियाँ राजदूत परराष्ट्र सचिवको कार्यकक्षबाट आधा घण्टा पछि बाहिर निस्केका थिए। नाम नखुलाउने शर्तमा परराष्ट्रका एक जना उच्च अधिकारीले चिनियाँ राजदूतलाई आइन्दा नेपाल र तेस्रो मुलुकको सम्बन्ध बारे नबोल्न र कूटनीतिक मर्यादामा बसेर अभिव्यक्ति दिन निर्देशन समेत दिइएको जानकारी गराए।

परराष्ट्र मन्त्रालयमा कार्यरत सुरक्षाकर्महरूले चिनियाँ राजदूत मन्त्रालयमा आएको, सचिवज्यूको कोठामा छिरेको पुष्टि गरेको छन्। तर परराष्ट्रका कोई कर्मचारीले पनि यसबारे बोल्न तैयार भएनन्। स्रोतका अनुसार चिनियाँ राजदूतले स्पष्टीकरणको कुरा कहीं कतै मीडियामा नआओस् भनेर परराष्ट्रका कर्मचारीहरू लाई दबाब दिएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x