७ आश्विन २०८३, बुधबार

चीनले ताइवानको आकाशमा पठायो १०३ लडाकु जहाज

एसीपी संवाददाता

२ आश्विन २०८०, मंगलवार ११:५३ मा प्रकाशित

ताइवानको रक्षा मन्त्रालयले सोमबार जनाए अनुसार पछिल्लो २४ घण्टायता चीनका १०३ वटा लडाकु जहाजले घुसपैठ प्रयास गरेका छन्।
आफ्नो आकाशमा चीनका जहाज घुसेसँगै ताइवानमा उच्च सुरक्षा सतर्कता अपनाइएको छ। रक्षामन्त्रालयले यसलाई हालैका दिनमा भएको सबैभन्दा ठूलो घुसपैठ भनेको छ।
ताइवानले उसको क्षेत्रमा चीनले निरन्तर तनाव बढाउँदै गएको पनि उल्लेख गरेको छ।

चीनले हरेक दिनजसो ताइवानको क्षेत्रमा घुसपैठ कोसिस गरिरहेको जनाइएको छ। आइतबार र सोमबारको बीचमा चीनका ४० वटा लडाकु जहाज दुवै देशबीच बनेको मध्य रेखा पार गर्दै ताइवानमा घुसेका हुन्।

यसअघि शनिबार र आइतबारको बीचमा ६३ जहाज ताइवानमा घुसेका थिए। यिनका अलावा ९ युद्धपोत पनि ताइवानको क्षेत्रमा पसेका थिए।

चीनकोतर्फबाट भएको यो गतिविधि अमेरिकी राष्ट्रपति जो बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभनले चीनका विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गरिरहेका बेला भएको हो। दुई दिनको उक्त भेटवार्तामा चीनका विदेश मन्त्री वाङ्ग यीले ताइवानको मुद्दा पनि उठाए।

जासुसी बेलुन प्रकरणपछि दुवै देशबीचको सम्बन्धमा आएको तनावलाई उनीहरु अन्त्य गर्न चाहन्छन्। यस्तोमा जेक सुलिभन र वाङ्ग यीबीच भएको वार्तालाई अहम् मानिएको छ। तर दुवै देशले एकापसबीचका कुराकानीबारे केही खुलाएका छैनन्।

व्हाइट हाउसले दुवै पक्षबीच युक्रेन युद्ध, ताइवान र विश्व सुरक्षाका मुद्दामा कुरा भएको जनाएको छ। चीनले दुई देशको सम्बन्धमा ताइवान एउटा रेड लाइन भएको बताउँदै अमेरिकाले त्यसलाई नाघ्न नसक्ने बताएको छ।

करिब १ महिनाअघि चिनियाँ सेना ताइवानमाथि हमलाका लागि तालिम गर्दै गरेका देखिएका थिए। जनमुक्ति सेनाले ९६ वर्ष पूरा गरेको उपलक्षमा चीनले राज्य नियन्त्रीत सञ्चारमाध्यम सीसीटीभीमा एक डकुमेन्ट्री प्रसारण गरेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x