१३ आश्विन २०८३, मंगलवार

पाकिस्तान : बलात्कारी बाबुलाई किशोरीद्वारा गोली हानी हत्या

एसीपी संवाददाता

७ आश्विन २०८०, आईतवार १९:५२ मा प्रकाशित

लाहौर। पाकिस्तानको पन्जाब प्रान्तमा एक किशोरीले आफ्ना बुबालाई गोली हानेर हत्या गरेकी छिन। जुन पिता माथि ती बालिकाले विगत तीन महिनादेखि बलात्कार गरेको आरोप लगाइएको थियो।

प्रहरीका अनुसार घटना लाहोर सहरको गुज्जरपुरा क्षेत्रमा भएको हो। यहाँ १४ वर्षीया बालिकाले प्रहरीलाई दिएको बयानमा बाबुले तीन महिनादेखि बलात्कार गरेको बताएकी छन्।

बाबुको हत्या प्रकरणमा अनुसन्धान गरिरहेका सोहेल काजमीले भने, ‘छोरीले आफू डरलाग्दो अवस्थाबाट गुज्रिरहेको बताइन्। उनले बलात्कारी बुबालाई मार्ने निधो गरे र बन्दुकले गोली हानी मारिन्।” बालिकाका बाबुको घटनास्थलमै मृत्यु भएको काज्मीले बताए। प्रहरी अधिकारीका अनुसार सबै पक्षबाट अनुसन्धान गरी अभियुक्त विरुद्ध मुद्दा दर्ता गरिने छ।

समाचारमा भनिएको छ कि परिवारले सो किशोरीले बाबुलाई मारेको थाहा पाए पछि पुलिसलाई बोलाएका थिए। हिजो शनिवार दिउँसो छिमेकीले पुलिसलाई अपराधको बारेमा जानकारी दिएको जनाइएको छ। सूचना पाए लगत्तै सिभिल लाइन्सका एसपी हसन भट्टी र प्रहरी वरिष्ठ अधिकारीले घटनास्थलमा अभियुक्त, उनकी आमा, भाइ र छिमेकीलाई पक्राउ गरेका थिए।

यस घटनाको एक दिन अघि मात्र एक पाकिस्तानी अदालतले एक नाबालिग बालिकालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x