२८ बैशाख २०८३, सोमबार

भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको पहिलो दिन तीन स्वर्ण

एसीपी संवाददाता

२६ आश्विन २०७७, सोमबार १६:२१ मा प्रकाशित

मूलपानी तेक्वान्दो डोजाङले प्रथम कागेश्वरी मनोहरा भर्चुअल तेक्वान्दो राष्ट्रिय खुला पुम्से प्रतियोगिताको पहिलो दिन तीन स्वर्ण जितेको छ ।
कुल ११ स्पर्धा समावेश प्रतियोगिताको पहिलो दिन ६ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा मूलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो । स्युचाटार तेक्वान्दो डोजाङले २ तथा कोटेश्वर तेक्वान्दो डोजाङले ले १ स्वर्ण जिते ।

मूलपानी र कागेश्वरी मनोहरा नगर खेलकुद विकास समितिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष १२ वर्षमा स्युचाटारका जेसन थापाले स्वर्ण जिते । उनले ६.१६ अंक जोडे । रजत जितेका मूलपानीका भिजन तामाङले ६.१० अंक जोडे । काभ्रेस्थलीका मिराज केसी र मूलपानीका प्रशान्त धमलाले तेश्रो स्थानमा चित्त बुझाए । उक्त स्पर्धाको महिलामा स्युचाटारकी ग्रिवानी थापा ६.३० अंकसाथ पहिलो भइन् । दोश्रो भएकी गोदावरीकी सर्गम थापाले ६.१६ अंक प्राप्त गरिन् । मूलपानीकी मेलिना राई तथा बुटवलकी अनुष्का तामाङले कांस्य हात पारे ।

बाँके प्रहरीद्वारा चाडपर्वको सुरक्षालाई मध्यनजर गर्दै क्विक रिस्पोन्स टिम परिचालन

10/12/2020

कागेश्वरी मनोहरा नगरपालिकाको मुख्य प्रायोजन र युनिटी तेक्वान्दो डोजाङ, हङकङका अध्यक्ष दिल गुरुङको सह–प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष १५ वर्षमा मूलपानीका आयुश ढुंगेल शीर्ष स्थानमा रहे । ६.३ अंक जोडेका आयुशले ६ अंक जोडेका मूलपानीकै महेश आङथुपुलाई पछि पारे । सैनिक आवसीय महाविद्यालयका सुजन श्रेष्ठ तथा गोदावरीका श्रृजल श्रेष्ठ तेश्रो बने । सोही स्पर्धाको महिलामा कोटश्वरकी सन्ध्या लामा च्याम्पियन बनिन् । सन्ध्याले ६.१३ अंक जोडिन् । ६.१० अंकसाथ मूलपानीकी प्रगति कुइकेल दोश्रो भइन् ।

चन्द्रसूर्यका हिमाला अधिकारी तथा सोनी शेर्पाले तेश्रो स्थानमा रहे । पुरुष ४१ वर्षमाथि मधुसुदन सापकोटाले ६.०३ अंक जोड्दै मूलपानीलाई अर्को स्वर्ण दिलाए । ५.८३ अंकसाथ पाटनका ईश्वरराम वज्राचार्य दोश्रो र बागलुङका पर्शुनारायण बोहरा तथा बुटवलका दीपक राणा तेश्रो भए । महिला ३१–४० वर्षमा मूलपानीकी तृप्ति बुढाथोकीले पहिलो स्थान कब्जा गरिन् । तृप्तिले ५.७६ अंक ल्याइन् ।

दुईदिने प्रतियोगितामा नेपाल प्रहरी, नेपाली सेनासहित विभिन्न ४४ टिमका २ सय ८ खेलाडी सहभागी छन् । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ३ हजार, २ हजार र १ हजार नगद पुरस्कार पाउने छन् । सहभागी मध्ये एक खेलाडीलाई ‘मोस्ट पपुलर प्लेयर’ अवार्ड प्रदान गरिने छ । अवार्डको राशी ५ हजार नगद रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x