२१ श्रावण २०८३, बिहीबार
पाकिस्तानको बलुचिस्तानमा भीषण विस्फोट, डीएसपी सहित ५२ जनाको मृत्यु, १०० घाइते
पाकिस्तानको बलुचिस्तानमा भीषण विष्फोट भएको छ जसमा एक डीएसपी सहित ५२ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएको बताइएको छ
एजेन्सी । पाकिस्तानको बलुचिस्तानमा भएको शक्तिशाली विस्फोटमा अहिलेसम्म ५२ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । बलुचिस्तानको मस्तुङ जिल्लाको अल-फलाह मस्जिद नजिकै इद मिलाद-उल-नबीको जुलुसलाई लक्षित गरी विस्फोट गराइएको थियो।
मस्जिद नजिकै विष्फोट , अहिलेसम्म कसैले लिएको छैन जिम्मेवारी
शुक्रबार साप्ताहिक इदको नमाजको क्रममा विस्फोट भएको हो ।एक अधिकारीका अनुसार इस्लामिक पर्व ईद मिलादुन नबी मनाउन स्थानीयहरू भेला भएका मस्जिद नजिकै विस्फोट भएको हो ।
Subscribe
Login
0 Comments


