अफगानिस्तानमा बुधबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस
काबुल : अफगानिस्तानमा बुधबार बिहान शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सका अनुसार अफगानिस्तानको उत्तर-पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पको तीव्रता ६.३ रहेको बताइएको छ । भूकम्पको केन्द्रविन्दु जमिनबाट १० किलोमिटर गहिराइमा रहेको बताइएको छ । गत शनिबार अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी थुप्रैले ज्यान गुमाएका थिए । अफगानिस्तानको हेरात प्रान्तमा शनिबार शक्तिशाली भूकम्प गएको छ । जसमा ४ हजार जनाको मृत्यु भएको थियो । यद्यपी तालिवानले यसको पुष्टि गरेको छैन ।
हेरात जनसंख्याको हिसाबले अफगानिस्तानको चौथो ठूलो सहर हो। भर्खरै शनिबार भूकम्प गएपछि यस भूकम्पबाट ठूलो जनसङ्ख्या प्रभावित भएको थियो । एजेन्सीले भूकम्पको केन्द्रबिन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तरपश्चिममा रहेको जनाएको छ । भूकम्पपछि उद्धार कार्य सुरु भए पनि यसले ठूलो क्षति पु¥याएको छ ।
तालिबानका प्रवक्ता अब्दुल वाहिद रायनले भूकम्पबाट धेरै गाउँ ध्वस्त भएका र सयौं नागरिक भग्नावशेषमा फसेकाले मृत्यु हुनेको संख्या प्रारम्भिक रिपोर्ट गरिएको भन्दा बढी रहेको बताए। उनले यो डरलाग्दो अवस्थाको सामना गर्न तत्काल सहयोगको अपिल गरेका छन् । रायनले भने, ‘2,060 जनाको मृत्यु हुनुका साथै 1,240 जना घाइते भएका छन् र 1,320 घर पूर्ण रूपमा ध्वस्त भएका छन्।’


