१४ मंसिर २०८०, बिहीबार
हमासको आक्रमणमा इजरायलमा मारिएका ४ जना विद्यार्थीको शव आज ल्याइँदै

दक्षिणी इजरायलको किबुज अलुमिममा हमास समूहको आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीमध्ये चार जनाको शव आज नेपाल ल्याइँदै छ ।
कानुनी प्रक्रिया पूरा भएका चार विद्यार्थीको शव स्थानीय समयअनुसार शनिबार दिउँसो फ्लाइ दुबईको उडानबाट नेपाल ल्याइन लागिएको तेलअभिभस्थित नेपाली राजदूतावासले बताएको छ । उडान विवरण अनुसार शव कात्तिक ५ गते, आइतबार बिहान काठमाडौं पुग्नेछ । इजरायलमा हमास समूहको आक्रमण परी १० जना नेपालीको निधन भएको छ । तीमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज विष्ट र आशिष चौधरीको शव ल्याइन लागिएको हो ।
अन्य शव पहिचानको काम क्रमशः भइरहेको दूतावासले जनाएको छ। त्यस्तै सम्पर्कबिहीन रहेका विपीन जोशीको खोजी कार्यमा आफ्नो प्रयास केन्द्रित गरिरहेको पनि दूतावासले उल्लेख गरेको छ ।
Subscribe
Login
0 Comments