७ कार्तिक २०८१, बुधबार

बाइडेनले भने- गाजाको अस्पताल आक्रमणमा इजरायलको हात छैन, इजरायल रक्षाका लागि तत्पर छौँ

एसीपी संवाददाता

४ कार्तिक २०८०, शनिबार १०:०८ मा प्रकाशित

अमेरिकी राष्ट्रपति जो बाइडेन बुधबार हमाससँग युद्धमा होमिएको देश इजरायल पुगे । बाइडेनको भ्रमणको अघिल्लो रात हमासद्वारा नियन्त्रित गाजा स्ट्रिपमा रहेको एक अस्पतालमा रकेट आक्रमण भएको थियो ।

उक्त हमलामा बालबालिकासहित पाँच सय जनाको मृत्यु भयो । हमासले यस आक्रमणमा इजरायलको हात भएको बताएको छ । इस्लामिक सहयोग संगठन ओआईसीले पनि अस्पतालमा भएको आक्रमणमा इजरायललाई जिम्मेवार ठहर्‍याएको छ ।

युद्धमा अस्पतालमा आक्रमण गर्न पाइँदैन, त्यस्ता कार्य युद्ध अपराध ठहरिन्छ । ओआईसीले एक विज्ञप्तिमा अस्पतालमा युद्धको चपेटामा परेका मानिसहरू शरण लिन पुगेको बताउँदै इजरायलको हमलाले उनीहरू मारिएको बताएको छ । संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषदले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा उक्त समूहको माग छ ।

यस्तोमा इजरायल पुगेका बाइडेनले गाजाको अस्पतालमा भएको आक्रमणमा इजरायलको हात नभएको प्रतिक्रिया दिएका छन् । बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याह बाइडेनलाई स्वागत गर्न विमानस्थलमै गएका थिए । त्यसपछिको बैठकपछि बाइडेनले उक्त हमलामा प्यालेस्टाइनकै इस्लामिक जिहादी समूह जिम्मेवार भएको बताएका हुन् ।

इजरायलले सुरुवातमै उक्त हमलामा आफ्नो नभएर इस्लामिक जिहादको हात भएको बताएको थियो । बाइडेनले पनि इजरायलकै भनाइलाई सही भनिदिएका हुन् । बाइडेनले भनेका छन्, ‘म आफैँ इजरायल आएर यो देखाउन चाहन्छु कि हामी अमेरिकी इजरायलको साथमा छौँ । हमासले क्रूरताका साथ इजरायली नागरिकको हत्या गरेको छ । उनीहरू आइएस आतंकवादीभन्दा खराब हुन् ।’

उनले गाजा स्ट्रिपमा इजरायलको हवाई हमलाबारे पनि भनेका छन्, ‘इजरायललाई आफ्नो रक्षा गर्ने पूरा अधिकार छ । यसमा अमेरिकाले सकेको सहयोग गर्नेछ । हामी आफ्नो वादा निभाउनेछौँ ।’

यसैबीच, इजिप्टले गाजा स्ट्रिपमा मानवीय सहायताका लागि आफ्नो देशको सीमा खोल्ने घोषणा गरेको छ । बाइडेन बुधबार नै इजरायलबाट अमेरिका फर्किएका थिए । स्वदेश फर्कन अगाडि बाइडेनले इजिप्ट मानवीय सहायताका लागि सीमा खोल्न तयार भएको बताएका थिए । बाइडेनले स्वदेश फर्किँदा नै इजिप्टका राष्ट्रपति अब्देल फता इल-सीसीसँग टेलिफोन वार्ता पनि गरेका थिए ।

अब इजिप्टको रफाह टर्मिनल खोलिदिनेछ । जहाँबाट अन्तर्राष्ट्रिय एजेन्सीको सवारीसाधनमा गाजामा खाना, पानी, औषधिलगायतका मानवीय सहायताका सामग्री ढुवानी हुनेछन् । बाइडेनले हमासले प्यालेस्टाइनी नागरिकको प्रतिनिधित्व नगर्ने बताउँदै त्यहाँका जनतालाई सहयोगको खाँचो भएको पनि बताएका छन् । शिलापत्र्मा

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x