२२ श्रावण २०८३, शुक्रबार

भारतीय उद्धार उडानबाट थप दुई नेपाली नागरिक इजरायलबाट भारत आइपुगे

एसीपी संवाददाता

७ कार्तिक २०८०, मंगलवार ११:३४ मा प्रकाशित

काठमाडौं। इजरायलबाट आइतबार थप दुई नेपाली नागरिकहरुको उद्दार गरिएको छ। भारतले संचालन गरेको अपरेसन अजयअन्तर्गत दुई नेपालीसहित १४१ भारतीयहरुको उद्दार गरिएको हो।

११ दिनअघि भारतले इजरायल र प्यालेस्टाइनबीच चर्किएको युद्धमा फसेका नागरिकहरुलाई उद्दार सुरु गरेको थियो। भारतले यो छैठौं उद्दार उडान गरेको हो। भारतीय विमानबाटै यसअघि १९ नेपालीको उद्धार गरिएको थियो।

भारतीय संचारमाध्यम बिजनेस स्ट्यान्डर्डका अनुसार उद्दार उडानमा कुल १४३ यात्रु थिए। जसमध्ये दुई नेपाली नागरिक हुन्।

यसअघि युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्दारका लागि नेपाल एयरलाइन्सको जहाज इजरायल पुगेको थियो। जसबाट सरकारले २५० भन्दा बढी नेपालीलाई उद्धार गरेर स्वदेश ल्याएको थियो।

यस्तै, विद्रोही हमासको आक्रमणमा परेर इजरायलमा निधन भएका १० मध्ये ४ जना नेपालीहरुको शव नेपाल आइसकेको छ।

बाँकी ६ जनाको शव नेपाल ल्याउने तयारी भइरहेको छ। इजरायलमै सम्पर्कविहीन भएका विपिन जोशीको खोजीकार्य जारी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। बिजमानडु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x