९ मंसिर २०८३, मंगलवार
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन
चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको आज शुक्रबार बिहान सांघाईमा निधन भएको छ । ६८ वर्षीय उनको हृदयाघातका कारण निधन भएको हो ।
चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्युरोका स्थायी समितिका सदस्यसमेत रहेका ली पछिल्ला दिनहरूमा सांघाईमा आराम गरिरहेका थिए । चिनियाँ मिडियाहरूका अनुसार उनलाई बिहीबार अचानक हृदयाघात भएको थियो । उपचारका सबै उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२:१० बजे उनलाई मृत घोषणा गरिएको थियो ।
Subscribe
Login
0 Comments


