भारतको केरलामा बम बिस्फोट , एक जनाको मृत्यु ४० घाइते
एजेन्सी – केरलामा भएको विष्फोटमा ‘इन्सेन्डरी डिभाइस’ र आईईडीको प्रयोग, टिफिन बक्समा राखिएको थियो बम ।
एर्नाकुलम ब्लास्ट: केरलाको एर्नाकुलममा एउटा सम्मेलन केन्द्रमा भएको शक्तिशाली विस्फोटमा एक जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएको बताइएको छ। केरला प्रहरी र एनआईए टोलीको प्रारम्भिक कार्य भएको छ ।
भारतको केरलाको एर्नाकुलमको कालामासेरीमा रहेको कन्भेन्सन सेन्टरमा तीनवटा विष्फोट भएपछि भारत भरी अलर्ट जारी गरिएको छ । मुम्बई र पुणेलाई विशेष सतर्कता अपनाइएको छ । यसका साथै यहुदी धर्मस्थल रहेका ठाउँमा उच्चस्तरीय सुरक्षा बढाइएको भएपनि यी विष्फोटपछि राज्य सरकार, केन्द्र सरकार र केन्द्रीय अनुसन्धान एजेन्सी सक्रिय भएका छन् ।
विस्फोटपछि केन्द्रीय गृहमन्त्री अमित शाहले केरलाका मुख्यमन्त्रीसँग कुरा गरेका छन् । यसैबीच, NSG को NBDS टोली र NIA टोली केरला प्रस्थान गरेको छ। सरकारले विषयको गम्भीरतालाई ध्यानमा राख्दै अस्पतालहरुलाई पूर्ण तयारी गर्न भनेको छ । स्वास्थ्यकर्मीको बिदा खारेज गरिएको छ ।
केरलाको एर्नाकुलमको कालामासेरीमा रहेको कन्भेन्सन सेन्टरमा यो विस्फोट भएको हो । प्रत्यक्षदर्शीका अनुसार कन्भेन्सन सेन्टरको हलमा एकपछि अर्को गरी तीनवटा विष्फोट भएको थियो । विष्फोट हुँदा घटनास्थलमा २००० भन्दा बढी मानिस उपस्थित थिए र सबै प्रार्थना गरिरहेका थिए ।


