९ मंसिर २०८३, मंगलवार

भारतमा रेल दुर्घटना

एसीपी संवाददाता

१३ कार्तिक २०८०, सोमबार ०९:४१ मा प्रकाशित

एजेन्सी – भारतको आन्ध्र प्रदेशको भिजियानगरम जिल्लामा आइतबार (२९ अक्टोबर) दुईवटा यात्रुवाहक रेल एकआपसमा ठोक्किएका छन् ।  यस रेल दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने ५० यात्रु घाइते भएका छन् ।  सो घटना बारेमा भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री वाईएस जगनमोहन रेड्डीले यस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्।

रेल दुर्घटनामा संलग्न रेलहरूको नाम ०८५३२ विशाखापट्टनम-पलासा यात्री र ०८५०४ विशाखापट्टनम-रायगडा यात्री विशेष रहेको रेलवेले जनाएको छ।  यो टक्करका कारण धेरै रेलको रुट परिवर्तन गर्नुपरेको थियो ।  यो रेल दुर्घटना भएको लाइन हावडा-चेन्नई लाईन भनिन्छ।  अहिले रेलमार्ग सफा गर्ने काम भइरहेको छ ।  यस्तो अवस्थामा आन्ध्र प्रदेशमा भएको थियोे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x