पाकिस्तानले करिब १७ लाख अफगानीलाई भगाउदै , पाकिस्तान सामु नझुक्ने तालिवान बिदेश मन्त्रीको उदघोस
काबुल : अफगानिस्तानबाट करिब १७ लाख अफगानिस्तानका शरणार्थीलाई जबरजस्ती निकाल्ने षड्यन्त्र खुलासा भएको छ । तालिबानका विदेशमन्त्री आमिर खान मुत्ताकीले पाकिस्तानले अफगान शरणार्थीहरूलाई यो डरलाग्दो चिसोमा जबरजस्ती देशबाट निष्कासन गरेको तालिबान नेतृत्वलाई आफ्ना मागहरू स्वीकार गर्न दबाब दिने बताएका छ्म । उनले तालिबान नेतृत्व भने हामी अमेरिकालगायत सबै दबाबको सामना गर्न सधैं तयार रहेकोले पाकिस्तान सामु कहिले झुक्न सकिन्न । यो बयान मार्फत तालिबानले पाकिस्तानी नेतृत्वको अगाडि नझुक्ने स्पष्ट पारेको मानिन्छ ।
मुत्ताकीले एक अन्तर्वार्तामा पाकिस्तानले अफगान शरणार्थीहरूलाई हटाउन यो कदम चालेको बताए । उनले पाकिस्तानका यी दुवै उद्देश्यको अफगान सरकारसँग कुनै सम्बन्ध नभएको बताए । उनले भने कि पाकिस्तानको पहिलो उद्देश्य तहरीक-ए-तालिबान पाकिस्तान वा टीटीपी हो जुन पाकिस्तानको आन्तरिक मामिला हो। यति मात्र होइन, अफगानिस्तानमा तालिबान शासन आउनुअघिदेखि नै यो विवाद चल्दै आएको छ । टीटीपी आतंकवादीहरूले पाकिस्तानी सेनामा माथि धेरै आतंककारी आत्मघाती हमलाहरू गरिरहेका छन्। अहिलेसम्म सयौं पाकिस्तानी सैनिकको ज्यान गइसकेको छ । हालै पाकिस्तानको एउटा जिल्ला टीटीपी आतङ्ककारीले कब्जा गरेको थियो ।
तालिबान विदेशमन्त्रीले दोस्रो उद्देश्य भनेको पाकिस्तानले डुरान्ड रेखालाई दुई देशबीचको आपसी सहमतिको सीमाको रूपमा मान्न हामीलाई बाध्य बनाउन खोज्दै छ । मुत्ताकीले यो मुद्दा अफगानिस्तानको कुनै पनि सरकारको नियन्त्रणमा नरहेको बताए । उनले भने कि डुरान्ड लाइन सम्पूर्ण अफगान जनताको चिन्ता हो। वास्तवमा, न अफगान सरकार वा त्यहाँका जनताले ब्रिटिश शासनकालमा अफगानिस्तान र पाकिस्तानलाई विभाजन गर्न सिर्जना गरिएको डुरान्ड रेखालाई स्वीकार गर्दैनन्।
यसअघि अशरफ घानी सरकारले पनि डुराण्ड रेखालाई मान्यता दिएको थिएन र तालिबान सरकार पनि त्यही बाटोमा छ । अफगानिस्तानले दशकौंदेखि पाकिस्तानको पेशावर सहर र आदिवासी क्षेत्रहरू अफगानिस्तानको अभिन्न अंग भएको दाबी गर्दै आएका छन्। यस विषयमा अफगानिस्तान र पाकिस्तानका सेनाबीच पटक–पटक झडप भइरहन्छ । अफगानिस्तानले पाकिस्तानसँगको सीमामा तारबार लगाउने काम पनि रोकेको थियो । मुट्टाकीले भने कि यो पाकिस्तानको मूर्खता हो कि शरणार्थीहरू खाली गर्ने जस्ता कार्यले तालिबानलाई दबाव दिने उद्देश्य पूरा न हुने बताए । उनले भने कि तालिबान नेतृत्व हरेक किसिमको चुनौतीको सामना गर्न तयार छ, चाहे त्यो ग्वान्टानामो खाडी होस् वा अमेरिकी सैन्य शक्ति। तालिबान कुनै पनि दबाबमा झुक्दैन । पाकिस्तानले अफगानिस्तानका नागरिक देश निकाला गर्नु भनेको ईस्लाम बिरुद्ध हो।
श्रोत – नवभारतटाइम्स ( अनुवाद कृपाराम वाडिया kr_badiya@yahoo.com बाट प्राप्त )


