चीनका स–साना नेताले सजिलै भेट्छन् नेपालका राष्ट्रपति र प्रधानमन्त्री, बेइजिङमा ठूला नेता भेट्न महाभारत
काठमाडौं – यतिबेला चीनले आर्थिक सहयोगका नाममा आफ्नो वर्चस्व कायम राख्न कम्युनिस्ट नेताहरूलाई बेइजिङ भ्रमणको निम्तो दिइरहेको छ । जेठ महिनायता झन्डै ६० जना कम्युनिस्ट नेता चीन पुगिसकेका छन् ।
जसमा एमाले, माओवादी, एकीकृत समाजवादीका तल्लो तहदेखि अध्यक्षसम्मका नेता चीन पुगेका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाहेक कसैले पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्न सकेका छैनन् । बरु दोस्रो तेस्रो तहका नेता भेटेर गदगद् हुँदे फर्कने गरेका छन् ।
उनी चीनमै हुँदा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि पोखरेल भ्रमण छोट्याएर नेपाल फर्केका थिए । नेपालका नेताहरू चीन भ्रमणमा रहेकै बेला चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ चुनचङ काठमाडौंमा छन् । उनले राजनीतिक भेटवार्ता तीव्र पारेका छन् ।
अहिलेसम्म उनले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।
सीपीसीका तिब्बत सचिव चुनचङले नेपालमा राष्ट्रपति र प्रधानमन्त्री सजिलै भेट्न पाउँछन्, तर नेपालबाट बेइजिङ पुगेका ठूलै कम्युनिस्ट नेताले पनि त्यहाँका राष्ट्रपति र प्रधानमन्त्री भेट्न पाउँदैनन् ।
आफ्नो ग्रिपमा नेपालका नेताहरूलाई राख्न पनि चीनले महिनैपिच्छे नेताहरूलाई चीन भ्रमणमा बोलाउने गरेको पाइन्छ । चीन भ्रमण गरेर एउटा पनि उपलब्धि हासिल हुन सकेको छैन । मिडियाडबलि


