९ मंसिर २०८३, मंगलवार

गाजाको अल शिफा अस्पतालमा इजरायली सेनाको छापा, आत्मसमर्पण गर्न हमासलाई आग्रह

एसीपी संवाददाता

२९ कार्तिक २०८०, बुधबार ०८:०० मा प्रकाशित

गाजा — इजरायली सेनाले गाजापट्टीको सबैभन्दा ठूलो अल शिफा अस्पतालमा प्यालेस्टिनी हमास लडाकुहरू विरुद्ध बुधबार छापा मारेको छ । इजरायली सेनाले हमासहरूलाई आत्मसमर्पण गर्न आग्रह गरेको छ ।

गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ताले ‘आउँदो मिनेटमा’ शिफा अस्पताल परिसरमा छापा मार्ने इजरायलले बताएको उल्लेख गरेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयका महानिर्देशक डा. मुनिर अल-बुर्शले अल जजीरा टेलिभिजनसँग इजरायली सेनाले मेडिकल कम्प्लेक्सको पश्चिमी भागमा छापा मारेको बताए। ‘हामी रहेको क्षेत्रहरूमा ठूला विस्फोटहरू र धुलो पसेको छ। हामीलाई विश्वास छ कि अस्पताल भित्रै विस्फोट भएको हो,’ बुर्सले भने।

एक विज्ञप्ति मार्फत् इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले भनेको छ: ‘गुप्तचर सूचना र परिचालन आवश्यकताको आधारमा, आईडीएफले शिफा अस्पतालको निर्दिष्ट क्षेत्रमा हमास विरुद्ध गरिरहेका छन्।’  गाजामा इजरायली हमलाको पाँच सातापछि मानवीय युद्धविरामको लागि विश्वव्यापी आह्वान भएको थियो । यही समयमा अल शिफामा इजारायलले निशाना साँधेको छ ।  गाजामा इजरायली हमलाको पाँच सातापछि मानवीय युद्धविरामको लागि विश्वव्यापी आह्वान भएको थियो । यही समयमा अल शिफामा इजारायलले निशाना साँधेको छ । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x