२१ श्रावण २०८३, बिहीबार

चिनियाँ रास्ट्रपति सि तानाशाह हुन – बाइडेन

एसीपी संवाददाता

१ मंसिर २०८०, शुक्रबार ०९:१२ मा प्रकाशित

आफ्नो देश चीनसँग प्रतिस्पर्धा र प्रतिद्वन्द्विता रहेको अमेरिकामा पुगेका राष्ट्रपति सी जिनपिङले समकक्षी जो बाइडेनबाट हिजो बुधबार यस्तै चार्म अफेन्स खेप्न पुगेका थिए । बाइडेनले सीलाई युवाकालमा अमेरिका आएका बेला खिचेको तस्वीर आफ्नो मोबाइल फोनबाट झिकेर दुनियाँले देख्नेगरी देखाउँदा उनको चार्म अफेन्सिभ कुटनीतिले मज्जाले काम गरेको थियो ।

अनौपचारिक बन्नै नसक्ने स्वभावका सी समेत आफ्नो उबेलाको तस्वीर देखेर मुस्कुराउनु स्वभाविक नै बन्न गयो । तर त्यो त कुटनीतिको पाटो न थियो, जहाँ बाइडेन सीमाथि हाबी बन्न खोजेका थिए । चीन र अमेरिकाको तिक्ततापूर्ण सम्बन्धलाई एउटा तस्वीरले सुलह गर्न सक्ने कुरै थिएन ।

नभन्दै आज बिहीबार त्यो चिसोपन प्रकट भइछाड्यो, क्यालिफोर्नियामा । त्यहाँ अमेरिकी राष्ट्रपति बाइडेनले सीबारे कठोर टिप्पणी दोहोर्‍याए : सी तानाशाह हुन् ।

एसिया प्यासिफिक इकोनोमिक कोअपरेटिभ (एपेक) को बैठकमा बाइडेनले सी बारे पत्रकारले सोधेको प्रश्न सामना गरेका थिए, ‘यसअघि तपाईंले चिनियाँ राष्ट्रपतिलाई तानाशाह भन्नुभएको थियो । यो भ्रमणपछि के ठान्नुहुन्छ ?’

बाइडेनले भन्न पुगे, ‘कम्युनिस्ट देशका राष्ट्रपति सीले आफ्नो देश चीनमा हाम्रोभन्दा अलग्गै प्रकारको व्यवस्था चलाउँछन् । त्यो तानाशाहीमा आधारित छ ।’

यसअघि जुनमा अमेरिकी समुद्रमाथि जासुसी बेलुन उडाएको भनेर चीन आलोचित हुँदा बाइडेनले नै सीलाई तानाशाह संज्ञा दिएका थिए । चीनले त्यसबेला अमेरिकाबारे कडा प्रतिवाद गरेको थियो । यसपालि त बेलुनमात्रै होइन, स्वयं राष्ट्रपति सी नै अमेरिकामा छन् ।

अब चीनले बाइडेनको जवाफ के कसरी देला त ?

एजेन्सी र अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आधारित / अनलाइन खबर 

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x