९ मंसिर २०८३, मंगलवार

पाकिस्तानको बाल्टिस्तानमा आतंककारी हमला ८ को मृत्यु २६ घाईते

एसीपी संवाददाता

१७ मंसिर २०८०, आईतवार ०८:५६ मा प्रकाशित

एजेन्सी –  “पाकिस्तान प्रशासित कश्मीरको गिलगिट-बाल्टिस्तानमा आतंकवादीहरूले एक यात्रु बसमा आक्रमण गरेका छ्न । हमलामा ८ जनाको मृत्यु भयो, जबकि २६ जना घाइते भएको बताइएको छ।

बस गिलगितबाट रावलपिंडी जाँदै गरेको प्रहरीले जनाएको छ ।  त्यसपछि साँझ साढे ६ बजेतिर आतंककारीहरूले अन्धाधुन्ध गोलीबारी गर्न थाले।  आक्रमणपछि चालकले नियन्त्रण गुमाएको र अगाडिबाट आएको ट्रकसँग बस ठोक्किएको अधिकारीले बताए ।

चिलासका उपायुक्त आरिफ अहमदले आक्रमणमा मारिएका आठ जनामध्ये अहिलेसम्म पाँच जनाको पहिचान भइसकेको बताए ।  अरु २६ जना घाइते भएको र नजिकैको अस्पतालमा लगिएको उनले बताए ।  मृत्यु हुनेमा बसमा सवार दुई सैनिक पनि रहेका छन् ।  आतंकवादी हमलामा विशेष सुरक्षा इकाईका एक सुरक्षाकर्मी घाइते भएका छन् ।”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x