९ मंसिर २०८३, मंगलवार

सुन, चाँदी र स्रोत नखुलेको रकमसहित काभ्रेबाट एक जना पक्राउ

एसीपी संवाददाता

२० मंसिर २०८०, बुधबार १०:११ मा प्रकाशित

काठमाडौँ । अवैध सुन र चाँदीसहित एक भारतीय नागरिकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्र स्थायी घर भएका ३९ वर्षीय सचिन बिभूते रहेका छन् ।    उनको साथबाट स्रोत नखुलेको रकमसहित विभिन्न सामान पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

सोमबार साँझ बनेपा नगरपालिका वडा नम्बर ७ स्थित सुर्य शाक्यको घरमा डेरा गरी बस्ने उनले अवैध रूपमा ठुलो परिमाणमा सुन तथा चाँदी गाली बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरी पुगेको थियो ।

जसअनुसार खानतलासीका क्रममा बिल नभएको सुन २३५.९ ग्राम सुन, १९०१.२६ ग्राम चाँदी,  स्रोत नखुलेको पाँच लाख छयत्तर हजार एक सय पैँतिस रुपैयाँ र भारतीय नगद २२ हजार बरामद भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

उल्लेखित सामान तथा उक्त कार्यमा संलग्न व्यक्तिलाई पक्राउ गरी थप कारबाहीको लागि राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। रातोपाटि

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x