१० आश्विन २०८३, शनिबार

दक्षिण चीन सागरमा चीन र फिलिपिन्सका जहाजबीच तनाव

एसीपी संवाददाता

२५ मंसिर २०८०, सोमबार ०८:०१ मा प्रकाशित

दक्षिण चीन सागरमा लगातार दोस्रो दिन फिलिपिन्स र चिनियाँ जहाजबीच टकरावको खबर आएको छ।
समाचारअनुसार दक्षिण चीन सागरको विवादित जलक्षेत्रमा दुई देशका जहाजबीच तनावको अवस्था उत्पन्न भएको हो।
तर यो तनावलाई लिएर दुई देशबीच आरोप–प्रत्यारोप भएको छ। चीनले यो घटनाको दोषी फिलिपिन्स भएको जनाएको छ।
उता फिलिपिन्स तटरक्षक बलले चीनका जहाजले वाटर क्याननको प्रयोग गरिरहेको जनाएको छ।

फिलिपिन्सले चिनियाँ जहाजले सेकेन्ड थोमस सोलनजिकै आफ्नो मालवाहक जहाजलाई ठक्कर दिने कोसिस गरेको आरोप लगाएको छ।

चीनले भने फिलिपिन्समाथि आफ्नो एक जहाजमा ठक्कर दिन खोजेको आरोप लगाएको छ।

शनिबार स्केरबोरो क्षेत्रमा चीन र फिलिपिन्सका जहाजबीच टकरावको घटना सार्वजनिक भएको थियो।

दक्षिण चीन सागरमा चीन र उसका छिमेकी देशले आफ्नो–आफ्नो दाबी गर्दै आएका छन्।

चीनले पूरै दक्षिण चीन सागर आफ्नो भएको दाबी गरिरहेको छ। तर फिलिपिन्ससमेत अन्य छिमेकी देशले भने यहाँ चीनले अन्तरराष्ट्रिय जल सन्धिको उल्लंघन गरिरहेको आरोप लगाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x