२२ श्रावण २०८३, शुक्रबार

चीनमा डिफल्ट ऋणीको संख्या उच्च किन ? आर्थिक संकटमा हो चीन संकट

एसीपी संवाददाता

३० मंसिर २०८०, शनिबार १७:३० मा प्रकाशित

काठमाडौँ । चीनमा आर्थिक संकट चुलिएको छ । चिनियाँहरुमा आर्थिक संकट आएसँगै ऋण तिर्न नसकेर ‘डिफल्ट’ हुने ऋणीहरुको संख्यासमेत बढेको छ ।

यो संख्या अहिले कोरोना महामारीयताकै उच्च विन्दुमा पुगेको छ । जसका कारण लाखौँ ऋणीहरु कालोसूचीमा परेका छन् । सरकारी अधिकारीहरुले ८५ लाख ४० हजार भन्दा बढी ऋणीहरुलाई आधिकारिक रुपमै कालोसूचीमा राखेको फाइनान्सियल टाइम्सले लेखेको छ ।

ऋणीहरुले घर धितोदेखि व्यापारिक ऋणसम्म सबै कुराको भुक्तानी गर्न नसकेपछि कालोसूचीमा राखिएको हो । कालोसूचीमा पर्ने अधिकांश ऋणीहरु १८ देखि ५९ वर्ष उमेर समूहका रहेको उल्लेख छ ।

उक्त संख्या काम गर्ने उमेरका चिनियाँ वयस्कहरुको करिब १ प्रतिशत बराबर हुन जान्छ । उक्त संख्या सन् २०२० को प्रारम्भमा रहेका ५७ लाख ‘डिफल्टरहरु’ भन्दा धेरै माथि पुगेको हो ।

डिफल्ट हुने ऋणीको संख्याले चीनको आर्थिक मन्दीको गहिराइ र अर्थतन्त्रको पूर्ण रिकभरीमा परेका बाधाहरुलाई प्रष्ट पारेको छ ।  एजेन्सीहरु

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x