१६ बैशाख २०८३, बुधबार

पहिले सबैतिर मधेशका शिक्षक हुन्थे, अहिले मधेशमै सबैभन्दा कम साक्षरता छ : राउत

एसीपी संवाददाता

१७ पुष २०८०, मंगलवार २०:१५ मा प्रकाशित

काठमाडौँ — राज्यले उपेक्षा गरेकै कारण मधेश प्रदेशको साक्षरता दर सबैभन्दा कम रहेको राष्ट्रिय जनमत पार्टीका अध्यक्ष एंव सांसद सिके राउतले बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित कान्तिपुर एजुकेसन समिट- २०८० को अन्तिम सत्र ‘दलीयकरणको दलदलमा शिक्षा प्रणाली’ विषयक अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

‘विगतमा हिमाल, पहाड सबै क्षेत्रमा मधेशका शिक्षकमात्र हुन्थे, अहिले मधेश प्रदेश नै सबैभन्दा कम साक्षरता रहेको प्रदेशका रुपमा परिचित हुँदै आएको छ,’ राउतले भने, ‘यो अवस्था मधेशका कारणले नभई राज्यबाट उपेक्षित भएकाले भएको हो । तर यसतर्फ राज्यको ध्यान पुग्न सकेको छैन ।’

मधेश राज्यको प्राथमिकतामा पर्न नसकेकै कारण आफूहरू राजनीतिमा होमिनुपरेको राउतको भनाइ थियो । ‘हामीले दुई दशक देखि नै भन्दै आएका छौँ, मधेश राज्यको प्राथमिकतामा परेन,’ उनले थपे, ‘अहिले कर्णाली प्रदेशको भन्दा मधेशको साक्षरता दर निकै कम छ । यतिमात्र होइन मानव विकास सूचकांकमा मधेश प्रदेश सबैभन्दा पछि छ । तर किन राज्यको प्राथमिकता परेन ?’

कर्णाली प्रदेशले तिर्ने राजस्वभन्दा २९ गुणा बढी बजेट त्यहाँ गएको तर मधेश प्रदेशमा धेरै कम मात्र बजेट विनियोजन हुनुले राज्यको प्राथमिकतामा नपरेको पुष्टी हुने राउतले बताए । ईकान्तिपुर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x