९ मंसिर २०८३, मंगलवार

हङकङमा ६.५ मिलियन हङकङ डलरभन्दा बढी लुटपाटमा पाकिस्तान नागरिक दोषीको आफै मृत्यु

एसीपी संवाददाता

१७ माघ २०८०, बुधबार ११:१७ मा प्रकाशित

हङकङमा ६.५ मिलियन हङकङ डलरभन्दा बढी लुटपाटमा दोषी ठहर भएका पाकिस्तानी मास्टरमाइन्डको सजाय सुनाउनुअघि नै मृत्यु भएको छ भने एक जना नेपाली युवकलाई हिजो सोमबार १३ वर्ष जेल सजाय सुनाइएको छ।  यसैगरी

हङकङको उच्च अदालतले सेभेन इलेभेनका कर्मचारीको हत्या गरेको अभियोगमा एक पाकिस्तानीलाई आजीवन कारावासको सजाय सुनाएको थियोे । 

–

मिडिया रिपोर्टका अनुसार ३० वर्षीय पाकिस्तानी पुरुष इस्लाम जावेद इकबाललाई तीन वर्षअघि युन लङमा सेभेन इलेभेन कन्भेनियन्स स्टोरका कर्मचारीलाई हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको हो।

उच्च अदालतको पहिलो इजलासका न्यायाधीश जोसेफ याउले उनलाई आज कानून बमोजिम जन्मकैदको सजाय सुनाएका हुन्। चोरीको अपराधको लागि सामान्यतया जरिवाना लगाइन्छ। तर, प्रतिवादीलाई आजीवन कारावासको सजाय भइसकेकोले जरिवाना लगाउनुको कुनै अर्थ नरहेको याउले बताए।

तीन वर्षअघि उनले ७–११ स्टोरबाट दुई केन बियर चोरेर भाग्दै गर्दा त्यहाँका कर्मचारीले उनलाई रोक्ने प्रयत्न गर्दै थिए। त्यसबेला इकबालले उनलाई भुइँमा लडाई लातीले हानेका थिए। टाउकोमा गम्भीर चोट लागेका उक्त कर्मचारीको दुई दिनपछि मृत्यु भएको थियो।

अभियुक्त इकबालले हत्याको आरोप अस्वीकार गर्दै आईरहेका थिए। प्रतिवादी इकबालमाथि २८ डिसेम्बर २०१९ मा ६१ वर्षीय पुरुष ताङ चुङको हत्या गरेको अभियोग लगाइएको थियो। उक्त घटनाको दृश्य सीसीटीभी क्यामेरामा पनि कैद भएको थियो।

विवाहित प्रतिवादी विगतमा नाविक र निर्माण मजदुर थिए। घटनाको बेला उनी बेरोजगार थिए र आफ्ना बाबुआमासँग बस्दै आएका थिए । एचकेन्युज बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x