९ मंसिर २०८३, मंगलवार

भारतमा अबैध मदरसा भत्काउने बेला प्रदर्शन र आगजनी

एसीपी संवाददाता

२५ माघ २०८०, बिहीबार २२:०० मा प्रकाशित

उत्तराखण्डको हल्द्वानी नगरपालिकाले बिहीबार शहरमा बनेको अबैध मदरसालाई बुलडोजरले भत्काईएकोले बिरोध गर्नेहरु प्रदर्शन गर्न लागे ।  यहाँ अबैध रूपमा नमाज पढाउनका लागि भवन बनाइएको थियो, त्यो पनि बुलडोजरले भत्काइएको थियो ।

अवैध अतिक्रमण हटाउन गएको प्रहरी टोलीलाई केही अराजक तत्वले आक्रमण गरेका थिए ।  शान्ति कायम गर्न सबैलाई आग्रह गरिएको छ  । उक्त क्षेत्रमा कर्फ्यू लगाइएको छ र यसमा जो कोही दंगा गर्नेको पहिचान गरेर कार्यवाही गर्ने प्रहरीले जनाएको छ ।

यसबाट आक्रोशित बनेका मानिसहरूले नगरपालिकाको टोलीमाथि आक्रमण गरेका छन् ।  बन्दुकधारीले बानभुलपुरा प्रहरी चौकीलाई चारैतिरबाट घेरेर ढुंगामुढा गरेका थिए ।  धेरै सवारीसाधन जलेका छन् ।  ट्रान्सफर्मरमा पनि आगजनी हुँदा सो क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको थियो ।  डीएमले वानभुलपुरामा कर्फ्यू लगाएका छन् र दंगा गर्नेहरूलाई देखेमा गोली हान्न आदेश दिएका छन्।

मुख्यमन्त्री पुष्करसिंह धामीले भने–अदालतको आदेशमा अतिक्रमण हटाइएको हो ।  प्रहरी र केन्द्रीय बलको टोली घटनास्थलमा पठाइएको छ ।  आक्रमण र आगजनी गर्ने व्यक्तिहरुको पहिचान गरी कडा भन्दा कडा कारबाही गरिनेछ ।

आक्रमणकारीले गरेको ढुङ्गाको जवाफमा प्रहरीले पनि ढुंगा हानेर जवाफ् दिएको थियो ।

आन्दोलनकारीले मदरसा भत्काउन प्रयोग गरिएको बुलडोजरमा समेत तोडफोड गरेका छन् ।  ढुंगा प्रहारबाट एसडीएम, प्रहरी-निगम कर्मचारी, पत्रकार घाइते भएका छन् ।  प्रहरीले आक्रमणकारीलाई भगाउन हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो ।

नगरपालिका आयुक्त पंकज उपाध्यायले भने– मदरसा र नमाज स्थल पूर्णरुपमा गैरकानुनी हो ।  नगरपालिकाले तीन एकड जग्गा अतिक्रमणमुक्त गरी मदरसा र नमाज स्थललाई सिल गरेको थियो जुन बिहीबार भत्काइएको हो ।

प्रहरीले ढुंगा हानेका अशक्त तत्वहरुको पहिचान गरिरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x